२०८३ असार २९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्वत जिल्लाका ७ स्थानीय तह र ६१ वडाको निर्वाचन परिणाम यस्तो छ

गण्डकी प्रेस
जेष्ठ ६, २०७९ ०७:३६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
50
SHARES
Share on FacebookShare on Twitter


स्थानीय तह निर्वाचन अन्तर्गत पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाकै नतिजा सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिकामध्ये दुवैको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकपा एमाले र फलेवास नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको छ ।

यस्तै, पाँच गाउँपालिकामध्ये काँग्रेसले तीन गाउँपालिका प्रमुखमा जित हासिल गरेको छ । पैयूं गाउँपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । जिल्लाका ६१ वटा वडामध्ये नेकपा एमालेले ३३ वडाका अध्यक्षमा जित हासिल गरेको छ भने २४ वटा वडाअध्यक्षमा काँग्रेस विजयी भएको छ । माओवादी केन्द्र ३ वटा वडाअध्यक्षमा निर्वाचित भएको छ भने एउटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

कुश्मा नगरपालिका
कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी निर्वाचित भएका छन् । उनले ९ हजार ८४९ मत प्राप्त गरे । जोशीले नेकपा एमालेका गणेश शर्मा पौडेललाई ७८९ मतले उछिन्दै जितेका हुन् । एमालेका पौडेलले ९ हजार ५१ मत प्राप्त गरेका थिए ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेका स्वस्थानी रिजाल निर्वाचित भएकी छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शंकर गिरीलाई ८१० मतले हराइन् । माओवादी केन्द्रका गिरीले ८ हजार २८२ प्राप्त गरे । निर्वाचित रिजालले ९ हजार ९२ मत प्राप्त गरिन् ।

फलेवास नगरपालिका
फलेवास नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गंगाधर तिवारी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा पराजित भएका उनी अहिले ७ हजार ७०० मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमपाणी शर्मालाई १ हजार ३६२ मतले पछि पार्दै उनी विजयी भएका हुन् । शर्माले ६ हजार ३३८ मत प्राप्त गरे ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शोभा कुमारी क्षेत्री निर्वाचित भएकी छन् । उनले ६ हजार ३२७ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मञ्जु अधिकारी प्यासीले ६ हजार ५७ मत प्राप्त गरिन् ।

जलजला गाउँपलिका

जलजला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका राजु प्रसाद आचार्य विजयी भएका छन् । उनले ५ हजार ६५७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर अधिकारीले ४ हजार १८४ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका दिपक आचार्य विजयी भएका छन् । उनले ४ हजार ७९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिता वरुवाल ७७ मतले पराजित भइन् । वरुवालले ४ हजार ७१५ मत प्राप्त गरिन् ।

पैयूं गाउँपालिका
नेपाली काँग्रेसका तोरण मल्ल ठकुरी पैयूं गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । ठकुरीले ३ हजार ८२४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेन्द्रकुमार श्रेष्ठले भन्दा ४४४ मत बढी ल्याइ ठकुरी विजयी भएका हुन् । एमालेका उम्मेदवार श्रेष्ठले ३ हजार ३८० मत प्राप्त गरेका थिए ।

पालिकाको उपाध्यक्षमा नेकपा एमालेकी यामकुमारी राना निर्वाचित भएकी छन् । उनले ३ हजार ७७७ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी काँग्रेसकी जानकी प्रधानले ३ हजार ४५८ मत प्राप्त गरिन् ।

महाशिला गाउँपालिका
नेकपा एमालेका ईश्वरी प्रसाद भुसाल महाशिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनले २ हजार ७५३ प्राप्त गरे । भुसालले काँग्रेसका अशोक उच्चै ठकुरीलाई ४४७ मतले पराजित गरेका हुन् । ठकुरीले २ हजार ३०६ प्राप्त गरे ।

यस्तै, उपाध्यक्ष पदमा नेकपा एमालेका धनसुवा विक २ हजार ७०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका विराज हमालले १ हजार ९६९ मत प्राप्त गरे ।

मोदी गाउँपालिका
मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी हिरादेवी शर्मा निर्वाचित भएकी छन् । उनले ६ हजार १९ मत प्राप्त गरिन् । शर्माका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गुप्त बहादुर ठकुरीले ४ हजार ६८० मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा पनि नेकपा एमालेकै विमल लामिछानेले नेपाली काँग्रेसका राम बहादुर प्रसाईलाई १ हजार ६४९ मतले पछि पारेर विजयी भए । लामिछानेले ६ हजार ३०३ मत ल्याए भने काँग्रेसका प्रसाईले ४ हजार ६५४ मत प्राप्त गरे ।

विहादी गाउँपालिका
विहादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका परविन गुरुङ विजयी भएका छन् । निर्वाचित गुरुङले ३ हजार ४६९ मत प्राप्त गरे । गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओम प्रसाद कुंवर ५३२ मतले पराजित भए । कुंवरले २ हजार ९३७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकी मिना शर्मा तिवारी निर्वाचित भएकी छन् । शर्माले ३ हजार २२७ मत प्राप्त गरिन् । सोही पदमा नेकपा माओवादी केन्द्रका सन्त बहादुर गुरुङले ३ हजार ५० मत प्राप्त गरे ।

यी हुन् एमालेले जितेका वडा
१. जलजला गाउँपालिका वडा नम्बर १ बाँसखर्क
२. जलजला गाउँपालिका वडा नम्बर २ माझफाँट
३. जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँट
४. जलजला गाउँपालका वडा नम्बर ४ माझफाँट
५. जलजला गाउँपालिका वडा नम्बर ५ लेकफाँट
६. महाशिला गाउँपालिका वडा नम्बर १ होश्राङदी
७. महाशिला गाउँपालका वडा नम्बर २ भोक्सिङ
८. महाशिला गाउँपालिका वडा न ३ बालाकोट
९. महाशिला गाउँपालिका वडा नम्बर ४ पाखापानी
१०. महाशिला गाउँपालिका वडा नम्बर ६ फलामखानी
११ . पैयू गाउँपालिका वडा नम्बर २ त्रिवेणी
१२ . पैयू गाउँपालिका वडा नम्बर ३ बेउलीबास
१३ . पैयू गाउँपालिका वडा नम्बर ४ हुवास
१४ . पैयू गाउँपालिका वडा नम्बर ५ हुवास
१५ . पैयू गाउँपालिका वडा नम्बर ६ सरौखोला
१६ . विहादी गाउँपालिका वडा नम्बर १ बाच्छा
१७ . फलेवास नगरपालिका वडा नम्बर २ थापाठाना
१८ . फलेवास नगरपालिका वडा नम्बर ६ खानीगाउँ
१९ . फलेवास नगरपालिका वडा नम्बर७ लिमिठाना
२०. फलेवास नगरपालिका वडा नम्बर ८ ठानामौला
२१. फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङ
२२. विहादी गाउँपालिका वडा नम्बर ३ रानीपानी
२३. विहादी गाउँपालिका वडा नम्बर ५ उराम
२४. मोदी गाउँपालिका वडा नम्बर १ भुकदेउराली
२५. मोदी गाउँपालिका वडा नम्बर २ देउपुर
२६. मोदी गाउँपालिका वडा नम्बर ३ देउराली
२७. मोदी गाउँपालिका वडा नम्बर ७ राम्जा
२८. मोदी गाउँपालिका वडा नम्बर ८ चित्रे
२९. कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ
३०. कुश्मा नगरपालिका वडा नम्बर ६ शिवालय
३१. कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारी
३२. कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवा
३३. कुश्मा नगरपालिका वडा नम्बर १३ खौला

यी हुन् काँग्रेसले जितेका वडा

१. पैयू गाउँपालिका वडा नम्बर १ टकलाक
२. पैयू गाउँपालिका वडा नम्बर ७ भोर्ले
३. जलजला गाउँपालिका वडा नम्बर ५ शालिजा
४. जलजला गाउँपालिका वडा नम्बर ८ नांलीवाङ
५. कुश्मा नगरपालिका वडा नम्बर १ पाङ
६. कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोट
७.कुश्मा नगरपालिका वडा नम्बर ४ शिवालय
८. कुश्मा नगरपालिका वडा नम्बर ५ शिवालय
९. कुश्मा नगरपालिका वडा नम्बर ७ शिवालय
१०. कुश्मा नगरपालिका वडा नम्बर ८ चुवा
११. कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारी
१२. कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर
१३. फलेवास नगरपालिका वडा नम्बर १ कार्कीनेटा
१४. फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरी
१५. फलेवास नगरपालिका वडा नम्बर ४ मुडिकुवा
१६ .फलेवास नगरपालिका वडा नम्बर ६ देविस्थान
१७. फलेवास नगरपालिका वडा नम्बर ९ भंगरा
१८. फलेवास नगरपालिका वडा नम्बर १० कुर्घा
१९ . महाशिला गाउँपालिका वडा नम्बर ५ लुंखु
२०. विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर
२१. विहादी गाउँपालिका वडा नम्बर ४ वहाकी
२२. मोदी गाउँपालिका वडा नम्बर ४ क्याङ
२३. मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङ
२४. मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहार

यी हुन् माओवादी केन्द्रले जितेका वडा
१ .जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङ
२.जलजला गाउँपालिका वडा नम्बर ९ बनौ
३. विहादी गाउँपालिका वडा नम्बर ६ शालिग्राम
स्वतन्त्रले जितेको वडा
१ . कुश्मा नगरपालिका वडा नम्बर १२ ठुलीपोखरी

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा राष्ट्रिय योग दिवस मनाइयो

पोखरामा राष्ट्रिय योग दिवस मनाइयो

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य

पर्यटन प्रबद्र्धनका लागि आन्तरिक पर्यटक अपरिहार्य