राष्ट्रिय ए डिभिजन लिग अन्तरगत ७ औं चरणको खेलमा भोली घरेलु टोली मनाङ मस्र्याङ्दी क्लब र बिग्रेड ब्वाइज क्लब (बिबिसी) बिच पोखरामा प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशाला स्थित फुटबल एरिनामा हुने खेलमा दुवै टिमले जित निकाल्न चाहान्छ । तर बिबिसीले भने बराबरीमै रोक्ने रणनीति अनुसार खेल खेल्ने देखिएको छ ।
मनाङका मुख्य प्रशिक्षक फुजा तोपेले घरेलु मैदानको फाइदा लिने बताए । उनले शुक्रबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको प्रि म्याच कन्फिरेन्समा बोल्दै घरको फाइदा भरपुर लिने बताए । ‘यो हाम्रो घर हो । लिगको इतिहासमा पहिलो पटक पोखरामा भएको लिगको खेलमा पनि हामीले जित्यौँ । अब पनि जित्ने छौं’ उनले भने,‘भोलिको खेल हेरेर हामीले रणनीति बनाउने छौं ।’
उता बिग्रेड ब्वाइज क्लब (बिबिसी)का मुख्य प्रशिक्षक सरोज श्रेष्ठले पोखरामा खेल जितका लागि खेल्ने बताए । उनले आफूहरु पनि रेलिगेनसबाट जोगिन चाहेकाले अबका खेलमा सोहि अनुसारको रणनीति बनाएर खेल्ने बताए । ‘हामी जितका लागि खेल्नेछौ । मनाङसंग खेल्दा पक्कैपनि गाह्रो हुनेनै छ । तरपनि हामी खेल्ने छौं । जित हातपारेनौं भनेपनि बराबरी खेल्ने छौं ।’ बिबिसीले शनिबार बराबरी खेल्ने देखिएको छ । मनाङसंग हार व्यहोरेमा बिबिसीलाई आगामी यात्रा थप जटिल हुनेछ ।




























प्रतिक्रिया लेख्नुहोस्:-