पोखरा । रिलायन्स लाइफ इन्स्योरेन्स, पोखरा शाखाले बिमा प्रस्ताबक देवीकुमारी खाँडको मिति २०७८ जेठ १२ गते मा मृत्यु भएकोमा मृत्यु दाबी भुक्तानी गरेको छ । छोरी नीति खाँडको मिति२०७५ असोज ८ गते बिमा गराएकी देवीकुमारी खाँड संरक्षक बसेकी थिइन । उनको मृत्यु भएकोले ५ लाख ४० हजार उक्त दाबी भुक्तानी गरेको हो ।
बिमाङ्क रकम ५ लाख र मासिक सुबिधा वापत प्रति महिना ५ हजारका दरले पछिल्लो ८ महिना को ४० हजार गरि ५लाख ४० हजार दावीभुक्तानी गरेको यसै कम्पनीका पोखरा रिजनका क्षेत्रीय म्यानेनर विनोद प्रसाद त्रिपाठीले जानकारी गराए ।
साथै बिमा प्रस्तावको मृत्यु भएकोले बिमा लेखको शर्त अनुशार बिमा अबधी भरी तिर्नुपनै बाँकी सबै बिमा शुल्क मिनाह भएको तथा बच्चाको उच्च शिक्षा तथा उज्वल भबिश्यको लागि मासिक सुबिधा वापत प्रतिमहिना ५ हजारका दरले रकम उपलब्ध गराउने र बिमा अबधीको अन्त्य पछि पनि बिमाङ्क रकम ५ लाख सहित समानुपातिक आर्जित बोनस प्रदान गर्ने त्रिपाठीले जानकारी गराए ।




























प्रतिक्रिया लेख्नुहोस्:-