काठमाडौं । काठमाडौं, सर्लाही, कपिलवस्तु, पाल्पा र डोल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२-०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसि अस्पताल जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाही, ईश्वपुर नगरपालिका ९ खोरीया टोलस्थित भित्री सडकमा प्रदेश २(०२(००३ प ७७१३ नम्बरको मोटरसाइकलले पैदलयात्रीहरूलाई ठक्कर दिई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका(१० शान्ति टोल बस्ने ३५ वर्षीय मुकेश सिंह दनुवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका २ जना पैदलयात्रीको सिद्धिविनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका १ स्थित सडकमा युपि५५के ०४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १ मडाहा बस्ने ६५ वर्षीया सरस्वती अहिरको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शिबराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पाल्पा, तिनाउ गाउँपालिका ३ अर्घाछापस्थित सडकमा लु ४९ प २०७७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका बस्ने ३८ वर्षीय टिका रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
डोल्पा, मुडकेचुला गाउँपालिका ७ गाडापारी भन्ने स्थानमा लु ३ त १६२५ नम्बरको ट्याक्टर पल्टिएर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५० वर्षीय जंग सार्कीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २ जनालाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।




























प्रतिक्रिया लेख्नुहोस्:-