काठमाडौं ४ कात्तिक । कञ्चनपुर, भिमदत्त नगरपालिका ३ नौलाखेतस्थित सडकमा म.१ ह १२७९ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया हर्कमती देवी जोशीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, भुम्लु गाउँपालिका ५ जामुने खोलास्थित सडकमा बा।२१ च ९२१० नम्बरको बोलेरो सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा बोलेरो चालक चौरीदेउराली गाउँपालिका ४ बस्ने ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनमा परी गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-