२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आज घटस्थपाना, नवरात्रको पहिलो दिन, यसरी राख्नुस जमरा

गण्डकी प्रेस
अशोज २१, २०७८ ०८:३७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
आज घटस्थपाना, नवरात्रको पहिलो दिन, यसरी राख्नुस जमरा
54
SHARES
Share on FacebookShare on Twitter

पोखरा २१ असोज । आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यो नवरात्रको पहिलो दिन हो । आश्विन शुल्क प्रतिपदाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैंको विशेष रौनक रहन्छ ।

घटस्थापनाको दिनमा विधिपूर्वक भगवतीको आवाहन गरेर घटस्थापना गरिन्छ । साइतमा राखिएको जमरा दशमीको दिन आर्शीवादको रुपमा ग्रहण गरिन्छ । भगवतीको उपासना गरी दुर्गा भवानीमा विशेष तरिकाले जमरा राख्ने प्रचलन छ । केही ठाउँमा जौसँगै गहुँ, मकैलाई पनि जमरा उमार्न छर्ने गरिन्छ ।

नौ रथामा शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रिलाई पूजिन्छ । यसका साथै मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मीको पनि पूजा हुन्छ । ९ दिनसम्म ९ दुर्गाको विशेष पूजा गरिन्छ ।

घटस्थापनाको दिन सबैभन्दा पहिला वैदिक विधिपूर्वक दीयो, कलश र गणेश स्थापना गर्नुपर्ने हुन्छ । अनि संकल्प वाच्यमा त्रित्रा र बैवृद्धीको पूजा गरेर दुर्गा भवानीको शुभ फल प्राप्तका लागि संकल्प गर्ने र सुख शान्तिको लागि गायत्रीको जप पनि गर्नुपर्छ ।

जमरा राख्नुअघि सके हवन गर्ने, नसके दशमीको दिन हवन गर्न सकिन्छ । हवन गरिसकेपछि मात्रै घटस्थापना गर्नुपर्छ ।

नजिकको नदी, जंगल वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएकोे जमराघर वा दसैँघरमा जमरा राख्नुपर्छ । त्यसपछि मात्रै स्थापना गरिएको कलश राख्नुपर्छ ।

देवीलाई घडामाथि थाली राखेर दुर्गा यन्त्र अष्टाजन लेखेर घटस्थापना गर्नुपर्छ । र घडाको वरिपरि राखिएको शुद्धमाटोमा जमरा छर्नुपर्छ ।

नवरात्रभर भगवती दुर्गाका नौ स्वरूपको पूजा घडामा अवस्थित थालीमा गरिन्छ ।

त्यसमा दुर्गा भवानी सपरिवारको सशक्तिको आवहान गरेर पूजा गर्नुपर्छ । पूजा गरेर जमरा राखियो भने पक्कै पनि हाम्रो सुख शान्ति समृद्धि हुन्छ ।

यसरी छरिएको जमरामा बिहान बेलुका नित्य पूजा गरेर ९ दिन ९ रात चोखो पानी हाल्नुपर्छ । र विस्तारै जमरा पहेँलो हुन थाल्छ ।

जमरा जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न मानिन्छ । जमरालाई दुर्गादेवीको प्रसादका रुपमा विजयादशमीको दिन टीकासँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

के हो जमरा 
दुर्गा भवानीलाई सबैभन्दा मनपर्ने अन्नको रुपमा लिइन्छ जौलाई । दुर्गाको पूजा गर्दा जमरा आवश्यकता पर्ने भएकाले र अन्नहरुमा सबैभन्दा पहिले जौको उत्पति भएकाले पनि दसैंमा जौको जमरा राख्ने प्रचलन छ ।

जौ ६० दिनमा नै फल्छ । अनिकाल लाग्दा छिटो फल्ने अन्न भएकाले पनि यसको विशेष महत्व छ ।

जमरा आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । स्वास्थ्यको लागि पनि सुपाच्य, भोक लगाउने भएकाले जमरालाई महत्वका साथ लिइन्छ ।

दुर्गाको पूजा भएको बेला दसैँमा मात्र नभएर अरु बेलामा पनि हामीले भगवतीको पूजा आरधना गर्दा जमरा राख्ने गर्छौ ।

कसरी शुरु भयो जमरा राख्ने प्रचलन 
वैधिक सनातन धर्मको आरम्भ एक अर्ब ९५ वर्ष पहिलेदेखि दशैँमा जमरा राख्ने परम्परा शुरु भएको बुझिन्छ । अहिले हामीले मनाइरहेका चाडपर्व अनाधि अर्थात हजारौँ वर्षअघिदेखि मनाउँदै आएको परम्परा हुन् ।

दुर्गा भवानीले आवश्यकताअनुसार आप्mनो हातहतियार उठाउनुपर्छ । मातृशक्तिलाई सबल बनाउन, देखाउन र समाजलाई एउटा दृष्टिकोण दिनको लागि दुर्गा भवानीको आरधना गरिन्छ ।

चारवटै नवरात्रमा जमरा राख्न मिल्छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ