वीरगन्ज २४ भदौ । वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा गत भदौ १० गते फलाम गलाउने भट्टी पड्किएर घाइते भएकामध्ये ५ मजदुरको उपचारका मृत्यु भएको छ ।
भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६ जनामध्ये ५ जना मजदुरको मृत्यु भएको हो । मृतक सबै ५ जना भारतीय नागरिक हुन् । पटनामा उपचारका क्रममा भारतको बिहारका ५२ वर्षीय विनोद पाण्डे, बिहारकै २७ वर्षीय गगन नायक बिहारी, भारतकै उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षीय मानस परिदा र लखनउकै ३० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो ।
पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए ।
दौ १६ गते ३ जनाको र भदौ १८ गते २ जनाको मृत्यु भएको हो, तर यो जानकारी आज बिहीबार मात्रै भएको हो ।


























प्रतिक्रिया लेख्नुहोस्:-