काठमाडौं २४ भदौ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान जनपद पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७७ असोज ३० गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा बुधबार प्रकाशन भएको छ ।
अन्तिम नतिजामा ५ हजार २ सय २७ जना उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका छन् । सिफारिस मुख्य उम्मेदवारहरुलाई २०७८ असोज ६ गते बिहान ११ बजे सम्बन्धित परीक्षा केन्द्रहरु प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज, दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचित गरेको छ ।
उक्त सूचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमा राखिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-