२०८३ असार ३, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुख्यमन्त्री पोखरेल– विश्व बैंक नेपाल निर्देशक भेट

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रेस
भदौ २१, २०७८ १९:३५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
मुख्यमन्त्री पोखरेल– विश्व बैंक नेपाल निर्देशक भेट
40
SHARES
Share on FacebookShare on Twitter

पोखरा २१ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे ।
उनले विश्व बैकले नेपालको समग्र विकासमा पुर्‍याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । उनले भने, ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु ।’
गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले गण्डकी प्रदेशको विकासमा पनि योगदान गर्दै आएकामा धन्यवाद दिए । मुख्यमन्त्री पोखरेलले भने, ‘गण्डकी प्रदेश हाम्रा विकासका प्राथमिकता र सम्भावनाका सवालमा यहाँहरुसँग हातेमालो गर्न इच्छुक छ ।’
प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उनले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा ८ प्रतिशत योगदान गर्ने जानकारी गराए । राजस्व परिचालन २ देखि३ अर्बको बीचमा रहेको भन्दै उनले प्रदेशमाआर्थिक क्रियाकलापहरु कम भएकाले स्रोत परिचालन न्यून रहेको उल्लेख गरे ।
सिमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकताहरु निर्धारण गरी अगाडि बढेको अवस्थामा आकस्मिकरुपमा आएको कोभिड महामारीले आर्थिक सामाजिक अवस्थालाई क्षत विक्षत पारेको मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेश सरकारले एकातिर कोभिड महामारिले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गर्नु आवश्यक रहेको भन्दै उनले भने, ‘अर्कोतर्फ हामीले तय गरेको १०.२ प्रतिशतको आर्थिक बृद्धि, समृद्ध प्रदेश सुखी नागरिकको सोच पूरा गर्न विशेष प्रयत्न गर्नु आवश्यक छ ।’
मुुख्यमन्त्री पोखरेलका अनुसार प्रदेशका निर्धारित लक्ष्य हासिल गर्न जम्मा १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने हुन्छ । तर हालसम्मको लगानी प्रक्षेपणको तुलनामा निकै कम रहेको उनले बताए । लगानीको लक्ष्य भेटाउन प्रदेशले विश्व बैंकजस्ता संस्थासँग सहयोगको अपेक्षा गर्नु पर्ने उनको भनाइ थियो ।
सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्ग प्रशस्त गर्ने भन्दै उनले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नु पर्ने वाध्यता रहेको जानकारी गराए । उनले भने, ‘हिमाली जिल्लाहरुमा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न सकिएको छैन । त्यसैले यस प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्धत गर्नेछ ।’
मुस्ताङको कोरला नाकादेखि पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा २ लेनको डेडिकेटेड सडकका रुपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरुप नै फेरिने भन्दै मुख्यमन्त्री पोखरेलले छ । यो मार्गलाई गण्डकी प्रदेशले समृद्धि मार्गको रुपमा लिएको छ । पोखरादेखि काठमाडौंको यात्रा बढीमा २ घन्टामा पार गर्न सक्ने बनाउनका लागि विश्व बैंकको सहयोग रहेमा यो प्रदेश समृद्ध हुन ठूलो मद्धत मिल्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘प्रदेश सदरमुकामसँग जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्रहरु जोडने सडकको स्तरोन्नतिमा ठूलो सहयोगको खाँचो छ ।’
पर्यटकीय पूर्वाधारहरु पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मादी नदी उपत्यका विकासको बृहत परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, हिमाली जिल्ला मनाङमा गल्फ मैदान लगायतका पूर्वाधार कार्यान्वयनमा ल्याउन मद्धत गर्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलका अनुसार मस्र्याङ्दी उपत्यका विकासको बृहत परियोजना, कालीगण्डकी भ्याली विकास परियोजना, मुस्ताङ भ्याली विकास परियोजना, नवलपुरदेखि गजेन्द्रधामसम्म नारायणी नदी नियन्त्रण र संरक्षण सम्बन्धी बहुउद्देश्यीय विकास आयोजना प्रदेशका सपना हुन् । उनले भने, ‘यिनको कार्यान्वयनमा विश्व बैंकको सहयोग रहने अपेक्षा छ ।’
उच्च भूभागमा रहेको गोरखाको चुमनुम्री उपत्यकामा हाइ एल्टिच्युडमा अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङस्थल विकास गर्ने कार्यमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, यस प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडिबुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमार्फत् यस प्रदेशका कृषि उत्पादनहरु विश्व बजारमा पुग्न सक्ने बनाउन सहयोग आवश्यक छ ।’
यसैगरी सबै विद्यालयलाई डिजिटाइज गर्ने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्ने, व्यावसायिक शिक्षा तथा तालिमका कार्यक्रलाई प्रत्येक स्थानीय तहमा विस्तार गर्ने, गुणस्तर प्रमाणित गर्न र विदेशमा समेत यस्ता तालिमको मान्यता पाउने अवस्था सिर्जना गर्न आवश्यक परियोजना सञ्चालन गर्न गण्डकी सरकार लगानीको खोजिमा रहेको उनले बताए ।
मुख्यमन्त्री पोखरेलले उद्यमशीलता विकास, सीपमूलक तालिम, कर्जा प्रवाह, व्यवसाय सञ्चालन, उत्पादन र बजारीकरणका सबै चरणमा सहयोग उपलब्ध गराई रोजगारी र स्वरोजगार बन्न युवाहरुलाई सहयोग उपलब्ध गराउन पनि सरकार अग्रसर रहेको भनाइ राखे ।
उत्तरगंगा जस्तै जलासययुक्त ठूला जलविद्युत आयोजनामा सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा गरिएको उनले बताए । ‘स्वास्थ्य क्षेत्र सुधारको परियोजना बनाउने, गण्डकीलाई स्वास्थ्य क्षेत्रको केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गर्ने,वन क्षेत्रको उपयोग समृद्धि प्राप्तिका लागि गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने, वनलाई उद्योग, रोजगारी र आयआर्जनका अवसरसँग जोड्न सहयोगको अपेक्षा गरेका छौं ।’
प्रदेशका सीमा नाका कोरला, लार्के भञ्ज्याङ, सुस्तासम्मको आवत जावत सहज बनाउन सडक यातायातको निर्माण तथा स्तरोन्नति गर्ने तथा अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि संस्थागत क्षमता विकासमा विश्व बैंकको सहयोग आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
खानेपानी सुविधा पुग्न बाँकी कठिन स्थानमा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय पानी उपलब्ध गराउन खानेपानीका विशेष परियोजना सञ्चालन गर्ने, प्रदेशको प्राथमिकतामा परेका ठूला सिञ्चाई आयोजना सञ्चालनमा आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको उनले बताए । यसैगरी प्रदेशको एकीकृत प्रमुख प्रशासनिक भवन निर्माणमा सहयोगको अपेक्षा गरिएकोभनाइ राखे ।
मुख्यमन्त्री पोखरेलले विश्व बैंकबाट प्रदेशमा सिधा स्रोत उपलब्ध हुने र प्रदेश सरकारले नै परियोजना कार्यान्वयन गर्ने व्यवस्थालाई व्यवस्था अवलम्बन गरिनु पर्ने भन्दै यसले अपनत्व वृद्धि हुने, प्रदेशको क्षमता विकास हुने, गुणस्तर कायम हुने र विकास दिगो समेत हुने विश्वास व्यक्त गरे । उत्त
विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको संघीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको भनाइ राखे । कनेक्टिभिटीलाई आफूहरुले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उनले मुस्ताङ लगायत जिल्लामा उत्पादित अर्गानिक सामग्रीको ब्रान्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अवलोकन गरेको हादादको टोलीले उक्त अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे सन्तुष्टि जनाए । कोभिड १९ को सम्भावित तेस्रो लहरको तयारीमा उक्त अस्पतालमा काम गरिरहेको छ ।
कोभिड विरुद्धको खोपको प्रभावकारिता बढिरहे पनि नेपालमा खोप खरिद प्रक्रियामा भएको ढिलासुस्तीबारे उनले असन्तुष्टि जनाए । स्कुले बालबालिकालाई छिटो भन्दा छिटो खोप लगाएर विद्यालय खोल्ने वातावरण सिर्जना गर्नुपर्ने तर्फ उनले ध्यानाकर्षण गराए ।
उक्त भेटघाटमा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल उपस्थित थिए ।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ