काठमाडौं १८ भदौ । पर्वत, कुश्मा नगरपालिका ३ दुर्लुङ भोगेनी बस्ने माधब शर्माको घरमा गएराति पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उनकै आमा ७५ वर्षीय कौशिला पौडेल, उनकै नातिनीहरु १६ वर्षीया बिमला पौडेल र ११ वर्षीया बिनिता पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले हाल वेपत्ता भएका २ जनाको खोजी गरिरहेको छ ।
यसैगरी पर्वत, मोदी गाउँपालिका ५ अम्बोटमा बस्ने ५० वर्षीया फुलमाया थापाको पहिरोमा पुरिएर बिहीबार राति मृत्यु भएको छ । सोही ठाउँमा ओखलढुङ्गा सामुदायीक बनबाट पहिरो गई थापाको टहरो बगाउँदा उक्त टहरोमा पुरिएर उनको मृत्यु भएको हो । हाल पहिरोबाट भएको क्षतिको विवरण खुल्न सकेको छैन् ।
यसैगरी पर्वत, कुश्मा नगरपालिका ११ सिल्मि बस्ने मनिलाल पौडेलको घरमा गए राति पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उनको घरमा पाहुना आएका मोदी गाउँपालिका(७ राम्जा घर भएका ३८ वर्षीय दुर्गा पौडेल र उनकै छोरा ६ वर्षीय गणेश पौडेल रहेका छन् । पहिरो परेर उनीहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला पारेको हो ।
कास्की, पोखरा महानगरपालिका २२ कालिमाटी, ठुलढुङ्गा र कुभिण्डेस्थित सिद्धार्थ राजमार्ग बिहीबार राति पहिरो जाँदा पोखरा स्याङ्जा सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।
घटनास्थलमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्य समेत गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-