२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेशमा २ सय १० र देशभर ३ हजार ५ सय जना प्रहरी जवान दीक्षित

गण्डकी प्रेस
भदौ १६, २०७८ १६:०७ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
गण्डकी प्रदेशमा २ सय १० र देशभर ३ हजार ५ सय जना प्रहरी जवान दीक्षित
98
SHARES
Share on FacebookShare on Twitter


काठमाडौँ १६ भदौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरुमा २०७७ मंसिर ३ गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ३ हजार ५ सय ७१ जना प्रहरी जवानहरु मंगलबार दीक्षित भएका छन् । ती मध्ये ६ सय ५८ जना महिला र २ हजार ९ सय १३ जना पुरुष रहेका छन् ।
केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनको दीक्षान्त समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त दीक्षान्त समारोहमा सशस्त्र प्रहरी गण नम्बर १ नक्सालका ९४ जना र केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनका ९६ जना गरी जम्मा १ सय ९० जना प्रशिक्षार्थी दीक्षित भएका छन् ।
नेपाल प्रहरी शिक्षालय भरतपुरको दीक्षान्त समारोहमा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालका प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त शिक्षालयबाट ८८ जना प्रशिक्षार्थी दीक्षित भए ।
प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा राष्टिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त महाविद्यालयबाट १ सय ६० जना प्रशिक्षार्थीहरु दीक्षित भए ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवस लोहनीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट २ सय १० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरको दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरका ४ सय ८० जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण विराटनगरका ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीका ९५ जना गरी जम्मा ६ सय ७१ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
२ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट १ सय ९४ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट २ सय २ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडाको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाइ कार्यालय बागमतीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा सोही गणबाट ४८ जना र बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटेबाट ४७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त गणबाट ९७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत  हाल नेपालगंजको दीक्षान्त समारोहमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ऐरले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ५ सय १२ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै कर्णाली प्रदेश सशस्र् प्रहरी गण सुर्खेतबाट ९८ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ३ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल अन्तर्गत बुडरको दिक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम बहादुर चन्दले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण ग गरे । उक्त प्रशिक्षणस्थलबाट २ सय ११ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगंजको दीक्षान्त समारोहमा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त प्रतिष्ठानबाट ५२ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा