सुनसरी १० भदौ । जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आ.व.२०७८।०७९ मा ३ सय ८३ जनाबाट ८० वर्ष २ महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचविखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी , अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्वन्ध विच्छेद, भ्रष्टाचार, गाली वेइजती आदि मुद्दाका फरार प्रतिवादीहरु रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-