२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रहरीकै संलग्नतामा मोटरसाइकलमा लागू औषध राखेर फसाइएका पत्रकार रिहा

गण्डकी प्रेस
भदौ ८, २०७८ ०७:१७ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
प्रहरीकै संलग्नतामा मोटरसाइकलमा लागू औषध राखेर फसाइएका पत्रकार रिहा
85
SHARES
Share on FacebookShare on Twitter

रौतहट ८ भदौ। प्रहरीकै मिलोमतोमा पक्राउ परेका पत्रकार मोहम्मद मोजिबुल्लाह र शेख गुलाब भन्ने शेख अतिउल्लाह रिहा भएका छन् ।

उनीहरुलाई मोटरसाइकलमा प्रहरीका घुमुवा र स्थानीय युवा मिलेर लागू औषध राखेर फसाएको सिसिटिभी फुटेज सार्वजनिक भएपछि सोमबार सरकारी वकिलको कार्यालयमार्फत् जमानी हाजीरीमा उनीहरु रिहा भएका हुन् ।

प्रहरीले उनीहरुलाई साउन ३२ गतेको जिल्ला सदरमुकाम गौरबाट पक्राउ गरेको थियो । प्रहरीले निर्दोष पत्रकारको मोटरसाइकलमा लागू औषध राखेर फसाउन खोज्ने दुइ जना प्रहरी भने निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार एक पत्रकार सम्मेलन गरेर सो घटनामा संलग्न देखिएका प्रहरी सहयाक निरिक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निलम्बन गरी उनीहरुको संलग्नताबारे थप अनुसन्धान भईरहेको जानकारी दिइएको छ।

उनीहरुले गैर व्यवसायीक कार्य गरेको भन्दै निलम्बन गरेर थप अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए ।

प्रहरीका अनुसार सो घटनाका मुख्य योजनकार भने संजय सहनी रहेका छन् । पत्रकारसमेत रहेका सहनीले माधवनारायण नगरपालिका वडा नम्बर १ बस्ने धिरज यादव र जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नम्बर–१ बहुअर्वाका जितेश कुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढने बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा नम्बरको मोटरसाईकलमा राख्न लगाएको प्रारम्भिक अनुसन्धान पश्चात खुलेको प्रहरी उपरिक्षक शाहले पत्रकार सम्मलेनमा बताए ।

उनका अनुसार सहनीको निर्देशनका ती दुई युवाहरुले मोजिबुल्लाहको मोटरसाइकलमा लागू औषध नाईट्राभेट ट्याबलेट १ सय ५ वटा राख्न लगाएर प्रहरी सहायक निरिक्षक यादव र प्रहरी जवान साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएका हो । पक्राउ परेका दुइजनालाई जिल्ला अदालतबाट अपराधिक षडयन्त्र र लागू औषध मुद्धामा ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको र सहनी भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी उपरिक्षक शाहले बताए ।
।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL