चितवन ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार भाले गैंडा मृत अवस्थामा भेटिएको छ । करिब ८ देखि १० वर्षको गैंडा दलदल तथा भासिमा परि मृत्यु भएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुन्जको पश्चिमी सेक्टर मातहत कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको दक्षिण किनारको भास क्षेत्रमा गैंडा फेला परेको थियो ।
अधिकारीका अनुसार उक्त गैडाको खाग, खुर सुरक्षित रहेको छ ।चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्षमा यो सँगै ७ गैडाको मृत्यु भएको भएको छ भने सो मध्ये एक चोरी सिकार र अन्य ६ प्राकृतिक कारण मरेका छन् ।
जसमध्ये पाँच वटा गैंडा प्राकृतिक कारणले मरेका हुन् भने एक वटा गैंडा चोरी–सिकारीका कारण मरेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । अहिले पक्राउ परेका र प्रतिवादीका रुपमा रहेका मध्ये केही विभिन्न घटनामा जेल सजाय भोगेका छन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-