काठमाडौं ५ भदौ । नेपालमा थप २,०७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३० जनाको कोभिड १९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४८५ पुगेको छ।
शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,०७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ५,३७२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो। मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २,३८२ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।


























प्रतिक्रिया लेख्नुहोस्:-