नवलपरासीपूर्व ३ भदौ । मध्यबिन्दु नगरपालिका १० अधेरी खोलास्थित सडकबाट १ थान एकनाले भरुवा बन्दुक, १८ थान शिशाको गोली, ५४ ग्राम बारुद र १६ थान पटका सहित सोही नगरपालिका पोखरीताल बस्ने ४२ वर्षीय दल बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लु।२८ प ५४४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-