बाँके २ भदौ । खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लिमिटेड कार्यालयको कोठामा सोमबार आगजनी हुँदा संस्थाको सम्पूर्ण कागजपत्रहरु, २ थान कम्प्युटर, १ थान ल्यापटप लगायत अन्य सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
अपरिचित व्यक्तिहरुले उक्त कार्यालय कोठामा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले आगजनीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-