काठमाडौँ १ भदौं । अफगानिस्तानबाट उद्धार गरी मंगलबार बिहान जजिरा एयरलाइन्सबाट नेपाल ल्याइएकामध्ये एक जनामा कोरोना संक्रमण देखिएको छ।
स्रोतका अनुसार सबै एक सय २७ जनामा गरिएको एन्टिजेन परिक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएकालाई नेपाली सेनाले चक्रपथस्थित आइसोलेसन सेन्टरमा राख्ने तयारी गरेको छ।
बाँकीलाई होम आइसोलेसनमा पठाउने स्रोतले जनाएको छ। जजिराले नेपाली मुलका ९ जना भारतीय नागरिकसहित एक सय २७ जनालाई कुवेतबाट नेपाल ल्याएको हो। अफगानिस्तानमा विभिन्न काममा रहेका उनिहरुलाई उद्धार गरेर कुवेत पुर्याइएको थियो ।


























प्रतिक्रिया लेख्नुहोस्:-