पोखरा १ भदौ । फेवातालको पामे क्षेत्रमा तराइको माछा ल्याएर फेवातालको भन्दै बेचिए पछि जलारी समूहले विरोध गरेका छन् । फेवातालको माछा किन्न जाने सर्वसाधारणलाई तराइबाट ल्याएर फेवाको माछा भन्दै ६ व्यवसायीले बिक्रि गर्दै आइरहेको भेटिएको छ ।
हर्पन फेवा मत्स सहकारीका सदस्यहरुले नै सर्वसाधारणलाई झुक्याइ बाहिरको माछा विक्रि गर्दै आएको सहकारीका अध्यक्ष इन्द्र जलारीले बताए । ‘हाम्रो चलिआएको व्यवसाय नै धरापमा पर्ने गरी बाहिरी माछालाई स्थानिय भन्दै बेचेको प्रत्यक्ष भेटेका छौं । हामीलाई माछा मार्न बाहेक अरु काम नै आउँदैन । यो पनि मास्ने काम भएको छ,’ उनले भने । रोजिरोटिनै खोस्ने गरी आफ्नै व्यवसायी साथीहरुले धरापमा पारेको उनले बताए । रातारात तराइको माछा झार्ने र विहानै फेवातालको भन्दै पोखराका विभिन्न बजारमा बेच्ने गरेको बताए । ‘हामीले हिजोमात्र पनि रंगे हात पक्राउ गर्यौँ । रातारात ट्रकमा अक्सिजन सहित जिउँदो माछा लिएर आउँदा रहेछन्,’ उनले भने ।

उक्त विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत ज्ञापनपत्र बुझाएपनि व्यापार रोक्न नमिल्ने बताएको उनले सुनाए । यस्तै अर्का माछा व्यवसायी मंगल जालारीले स्थानिय माछाको लोकप्रियता र व्यवसायनै घट्ने गरी गिरोह सक्रिय भएको बताए । ‘१६ वर्ष देखि माछा व्यवसाय गर्दै आएको छु । आज भोली हाम्रो क्षेत्रमा आउँने सेवाग्राहीले तराइको माछा बेचेको भन्दै गाली गर्न थालेका छन्,’ उनले भने‘हामीलाई केही थाहा नै थिएन् । यस्तो कुरा सुनेपछि राती कुरेर बस्यौं । ट्रकमा ल्याउँदा रहेछन् ।’

जलारी समूदायले फेवाताल क्षेत्रभित्र बाहिरी माछा विक्रि गर्न नहुने बताएका छन् । उनीहरुले हल्लनचोक देखि पामे क्षेत्रमा फेवातालकै माछा खानका लागि आन्तरिक तथा बाह्य पर्यटन आउने गरको बताए । उनीहरुले नागरिकलाई नै झुट्बोलेर तराइको माछा विक्रि नगर्न आग्रह गरेका छन् । सोमबार पोखरा भकुन्डे देखि बाराहिचोक सम्म विरोध र्याली गर्दै उक्त कार्यलाई नरोके आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । जलारी समुदायका करिब ४ सय परिवारको मुख्य पेशा भनेकै माछा मार्नु हो । उनीहरु फेवातालमा आश्रित रहेका छन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-