पोखरा ३१ साउन । पोखरा महानगरपालिका खेलकुद विकास समितिले महानगरभित्र रहेका सम्पूर्ण खेल संस्थालाई समितिमा सुचिकरण हुन आग्रह गरेको छ ।
महानगर खेलकुद समितिले महानगरमा रहेका खेलसंघ, क्लब वा खेलकुद सम्बन्धि संस्था दर्ता सुचिकरण नगरे महानगरको सेवा बन्द गरिने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । समितिले संस्थाले संचालन गर्ने खेलको प्रकार,कार्यकारी समिति सदस्यहरुको नामावली,संघको विधान र वार्षिक कार्ययोजना तथा आयश्रोत सहितको कागजात लिएर सुचिकरण गराउन आग्रह गरको छ । तर, पोखराका अधिकांश खेल संस्थाले भने स्थापना पश्चात कुनै कार्ययोजना तयार गरेको पाइदैन । ३५ खेल संस्था मध्ये करिब ६–७ खेल संस्थाले मात्र नियमित रुपमा वार्षिक प्रतिवेदन बुझाउँदै आइरहेका छन् । ति बाहेक अन्य खेल संस्थालेभने अहिलेसम्म आर्थिक पारदर्शिता देखाएका छैनन् । समितिले महानगर खेलकुद विकास ऐन,२०७५ धारा १३ अनुसार सूचिकरणका लागि सूचना निकालेको हो । अन्य निकायमा दर्ता भएपनि संस्थालाइ अब भने महानगरमै पनि दर्ता गराउनुपर्ने छ । महानगरमा दर्ता नभएका संस्थालाइ महानगरले कुनै पनि किसिमका सहयोग गर्ने छैन् । ‘पोखरा महानगर खेलकुद विकास समितिमा सूचिकरण भएका खेल संघ संस्थालाइ मात्र महानगरको आधिकारी संस्था मानिनेछ । अन्यलाइ हामी मान्यता दिने छैनौँ ’ सदस्य सचिव खड्काले भने । खेल संस्थाले भदौ २५ गते भित्र सूचिकरण गरिसक्नुपर्ने उनले बताए ।
महानगरले खेल संस्थालाइ जागरुक बनाउँदै खेलाडी उत्पादनमा क्रियाशिल गराउनका लागि सूचना निकालेको सदस्य सचिव खड्काले बताए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-