सुनसरी, २९ साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २२ वर्षिय युवालाइ पक्राउ गरेको छ ।
हरिनगरा गाउँपालिका ६ का शम्सेर अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-