काठमाडौं २८ साउन । नेपाली चलचित्र क्षेत्रका दुई चर्चित अभिनेता एउटै फिल्ममा देखिने भएका छन् । अभिनेता भुवन केसी र शिव श्रेष्ठ लामोसमयपछि फिल्म ‘डाँडाको बर पीपलमा देखिन लागेका हुन् ।
उनीहरु १६ वर्षपछि एउटै फिल्ममा देखिन लागेका हुन् । निर्देशक शोभित बस्नेतले अभिनेता भुवन केसी अनुवन्धित गरेका छन् । फिल्मको छायाङ्कन यही भदौ ५ गतेबाट सुरु गरिने बताएको छ ।
यसअघि भुवन र शिव फिल्म राजु राजा राम मा देखिएका थिए । दुई ठुला अभिनेता एउटै फिल्ममा देखिन पाइन भएपछि दर्शक निकै उत्साहित भएका छन् ।
फिल्ममा भुवन र शिव बाहेक गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमारलगायतका कलाकारको अभिनय रहनेछ । बुढा सुब्बाको प्रस्तुतिमा निर्माण हुने यस फिल्मलाई नवराज गिरीले निर्माण गर्नेछन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-