२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटन व्यवसायी मजुदरलाई खोप अभियान सुरु

कोही निराश नबनौं, उच्च मनोबल बनाऔं : पर्यटन मन्त्री शर्मा

गण्डकी प्रेस
साउन २८, २०७८ १५:३१ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पर्यटन व्यवसायी मजुदरलाई खोप अभियान सुरु
40
SHARES
Share on FacebookShare on Twitter

श्रावण २८ पोखरा । नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै पर्यटन व्यवसायी र मजदुरलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप अभियान सुरुवात गरेका छन् ।
विहिबारबाट सुरुवात गरेको अभियान प्रदेशका अन्य दश जिल्लामा पनि लगात्तै सुरुवात हुने जानकारी गराउँदै खोपको कारणले कोही पनि निराश नबनि, उच्च मनोबलका साथ आआफ्नो सेवामा जुट्नको लागि सबैमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले अनुरोध गरेका छन् ।
पर्यटन व्यवसायीहरुले धेरै अगाडी देखिबाट खोपको माग गर्दै आएकोमा वर्तमान सरकारले उहाँहरुको माग अनुसार सम्बोधन सुरुवात गरेको बताउँदै कानुन मन्त्री थापाले व्यवसायीहरुको मागलाई निरन्तर रुपमा सम्बोधन गर्ने बताएका छन् ।
मन्त्रीद्वय शर्मा र थापाले पोखरा पर्यटन परिषदको संयोजनमा निर्धारण गरिएका पाँच वटै खोप केन्द्रको निरीक्षण गर्दै व्यवसायीहरुले राम्रो व्यवस्थापन गरेमा प्रशंसा गरेका छन् । पहिलो सुरुवाती चरणमा थोरै मात्रमा भएपनि सम्बोधन भएको र गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर खोप अभियानलाई निरन्तरता दिने बताएका छन् ।
नेपाल पर्यटन बोर्डमा टान, पश्चिमाञ्चल क्षेत्रिय संघ, एन.एम.ए, ओटेफ र टेवान, माउन्ट कैलाशमा रेवान पोखरा र नेपाल हवाई खेलकुद संस्था, होटल बाराहीमा पश्चिमाञ्चल होटल संघ र पोखरा पर्यटन परिषद, बोमर्‍याङ्ग रेष्टुरेन्टमा नाट्टा गण्डकी प्रदेश, एगा पोखरा, टेसा पोखरा, एन.टि.भि ए र द विच रिसोर्टमा भिटोफ, मनि चेन्जर, स्पा, डुङ्गा एशोसिएसन, टुरिष्ट बुक सप, सिटी टुर गाईड, अखिल मजदुर संघ, युनिट्राभ र फेवा पर्यटन विकास समिति, थान्का एण्ड प्रिन्टिङ, नेशनल टुर गाईड लगायतलाई खोप लगाउने व्यवस्था मिलाईएको परिषदका कार्यवहाक अध्यक्ष पोम नारायण श्रेष्ठले बताएका छन् ।
गण्डकी प्रदेशका मुख्य पर्यटन केन्द्र पोखरामा आज देखि पर्यटन व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप अभियान सुरु भएकोमा खुसी व्यक्त गर्दै पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि खोप अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।
त्यसै गरी रेवान पोखराका पूर्व अध्यक्ष चौ बहादुर गुरुङले ढिलै भएपनि खोप पाएकोमा पर्यटन क्षेत्रमा खुसीयाली ल्याएकोले थप खोप तत्कालै व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेका छन् । पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले होटलमा धेरै कर्मचारीहरु भएकाले पर्याप्त मात्रमा खोप नपुगेको भएता पनि व्यवसायीमा उत्साह मिलेको बताएका छन् ।
टान गण्डकीकी महासचिव कमला गिरीले यस पहिला लगाएका पर्यटन सवारी साधनहरुका चालकहरु केही मात्रमा खोपबाट वञ्चित हुँदा आज बनाईएको योजनामा केही प्रभावित भएकाले खोप अभियानलाई निरन्तरता दिनु पर्ने बताएकी छिन् । गिरीले अब छिट्टै पोखरालाई सुरक्षित गन्तव्यको रुपमा घोषणा गरी आन्तरिक पर्यटकहरुलाई भित्राउने र प्रदेश भरी सन्देश प्रवाह गर्न सकेमा छिमेकी देशबाट पनि पर्यटकहरु भित्रने कुरामा सम्पूर्ण व्यवसायीहरु ढुक्क भएको जनाएकी छिन् ।
आज पोखरा पर्यटन परिषद मार्फत २ हजार पाँच सय खोप वितरण भएको हो भने उद्योग वाणिज्य संघ र अन्य व्यवसायीक संघ संस्थाहरुले भोलीबाट क्रमश: खोप कार्यक्रम सुरु गर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL