२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फैलियो मिर्गौला तस्करी, ५ लाखमा मिर्गौला बेचेको खुलासा

गण्डकी प्रेस
साउन २७, २०७८ १०:०६ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
फैलियो मिर्गौला तस्करी, ५ लाखमा मिर्गौला बेचेको खुलासा
30
SHARES
Share on FacebookShare on Twitter


काभ्रे २७ साउन। प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुवा गाविस हाल पाँचखाल नगरपालिका–१० घर भएका ३१ वर्षीय राजकुमार भनिने कुमार परियार रहेका छन् । पक्राउ परेका तीनै जना नातेदार हुन् । कुमार र सुरेश दाजुभाइ हुन् भने अर्का कुमार सुरेशको साढुभाइ हुन् ।

सुरेशको श्रीमती मन्दिरा कटुवालको ब्लड क्यान्सरबाट २०७८ जेठ १३ गते निधन भएपछि बिमाबापतको रकम लिन बनेपा आएका सुरेशलाई प्रहरीले पक्राउ गरेको हो । उनीमार्फत उनकै दाजु कुमारलाई बनेपाबाट र साढुभाइ कुमारलाई पाँचखालबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मिर्गौला तस्करहरूले हरेक साता आफूहरूले नेपालीलाई नक्कली नागरिकता उपलब्ध गराउँदै भारतका विभिन्न अस्पतालमा मिर्गौला बिक्रीका लागि लाने गरेको बताएका छन् ।

बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकले आफ्नो मिर्गौला तस्करहरुले बिक्री गराएको जानकारी गराएपछि प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी शुरु गरेको हो ।

भारतको कोलकत्तास्थित मुकुन्दपुरमा रहेको एमआरआई अस्पतालमा ५ लाख रुपियाँमा आफ्नो मिर्गौला बिक्री गरी २०७७ चैत्रमा ती युवक घर फर्किएका थिए । उनलाई दीपक श्रेष्ठ नामको नागरिकता दिलाएर दिदीको नाता लगाएर कल्पना श्रेष्ठलाई मिर्गौला दिन लगाइएको थियो । पीडित युवाका अनुसार उनीसँगै अरू दुई नेपालीलाई पनि उक्त अस्पतालमा पुर्‍याइएको थियो । ती युवाले अहिले पनि मिर्गौला तस्करहरूले सातामा चार नेपालीलाई भारतका विभिन्न अस्पतालमा पुर्‍याउने गरेको आफूलाई जानकारी भएको बताएका छन् ।

केही वर्षअघि काभ्रेको साविक होक्से, काभ्रे नित्य चण्डेश्वरी, पाँचखाल, देवभूमि बालुवा, अनेकोट, पातलेखेतलगायत गाविसका केही स्थान मृगौला बिक्री गर्ने गाउँका रूपमा चिनिएको थियो । बीचमा सुस्ताएको जस्तो देखिए पनि तस्करहरूको सक्रियताले अहिले फेरि सातामा चारभन्दा बढी नेपाली मिर्गौला बिक्रीका लागि भारत पुर्‍याइने गरिएको तथ्य प्रहरीले फेला पारेको छ । प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले मानव अंग बेच–विखनमा संलग्नहरुकोे छानबिन शुरु गरिएको जानकारी दिँदै भने यो– ‘मिर्गौला बिक्री गराउन बाध्य पार्ने गिरोहका बारेमा अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरूलाई कानुनअनुसार कारबाही गर्छौं ।’

कसरी बाध्य पारिए मिर्गौला दिन ?

पीडित २८ वर्षीय युवाका दाजुले पनि ४ लाख रुपियाँ लिएर २०७२ सालको भूकम्पअघि आफ्नो मृर्गौला बिक्री गरेका थिए । उनी अहिले पातलेगाउँस्थित दाहाल डाँडामा बस्छन् । ससुरालीकै जग्गा कमाएर बसेका दाजु मिर्गौला बिक्री गर्ने दलाल खोजी गरी कानुनी कारबाही गराउने योजनामा थिए । दाजुको न्यायका लागि लड्ने योजनाका साथ भारत पुगेका ती युवा आफैं मिर्गौला बिक्री गर्न बाध्य भएको प्रहरीमा दिइएको जाहेरीमा भनिएको छ । पीडित युवाले मिर्गौला बिक्री गरेर प्राप्त गरेको ५ लाख रुपियाँबाट घर खर्च चलाउँदै गरेको पनि बताए ।

कोशीपारि भुम्लु गाउँपालिका–८ घर भएका सुरेश परियार र उनका भाइ कुमार परियार बनेपा नगरपालिका–५ मा बंगुर पाल्ने व्यवसायमा गर्छन् । कुमार आफैं पनि मिर्गौला बिक्री गरेर फर्केका व्यक्ति हुन् । पक्राउ पर्ने तीनै जना पहिले इँटाभट्टामा काम गर्दथे । त्यति बेलादेखि नै बनेपा–५ रविओपीका युवासँग चिजजान भएको र तिनै युवालाई पछ्याउँदै बसेका सुरेश र कुमारले थोरै रकमको लोभमा आफ्नै दाइको मिर्गौला पनि बिक्री गराइदिएका थिए ।

कुमार र सुरेशले पीडित युवाको भक्तपुरको एउटा निजी ल्याबमा ब्लड टेस्ट गराएर वीरगन्ज पुर्‍याएलगत्तै खोलैखोला सीमापारि पुर्‍याए । भारत लगेको केही दिनसम्म उनलाई एउटा कोठामा राखेर अरू फरार भए । भारत पुगेपछि तिनै युवाले अलपत्र परेकी एउटी युवतीलाई नेपाल फर्काउन सहयोग गरे । साथमा पैसा नभएकाले चार दिनसम्म खान नपाएपछि फोन गरेर आफूलाई त्यहाँ पुर्‍याउने समूहका सदस्यलाई धम्क्याएका थिए । केही दिनपछि अरू नै व्यक्तिहरू आएर उनलाई मिर्र्गौला दिनुपर्छ भनेर धम्क्याए । विकल्प अरू नभेटिएपछि नेपाल नै घर बताउने प्रदीप वैद्यमार्फत कल्पना श्रेष्ठलाई मिर्र्गौला दिन ती अपरिचितले नै दीपक श्रेष्ठ नामको नक्कली नागरिकता बनाइदिए । केही दिनको अस्पताल बसाइ, त्यसपछि प्रदीप वैद्यकै घरमा तीन महिना बसेपछि नेपालमै पैसा पाउने भन्दै उहाँलाई घर फर्काइदिए । घर फर्केको केही समयपछि ती युवाले सुरेश परियारमार्फत दुई किस्तामा ५ लाख पाएका थिए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा