काठमाडौं २६ साउन । नेपालमा थप ४९ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार १३ हजार २१७ जनाको पिसिआर र ५ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ ।
तीमध्ये १० हजार १५० जनाको मृत्यु भएको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । २१ सय १५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-