२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सात वटा प्रदेशमा नै कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गर्ने

गण्डकी प्रेस
साउन १८, २०७८ ०७:०० मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
२२ असारदेखि खोप अभियान
31
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं १८ साउन । सरकारले देशभर आठवटा कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गरेको छ । खोपको सहज र सरल व्यवस्थापनका लागि सरकारले सातवटै प्रदेशमा खोप भण्डारण गृह निर्माण गरेको हो । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले सातवटा प्रदेशमा एक–एकवटा र बाराको पथलैयामा केन्द्रीय गरी आठवटा खोप भण्डारण गृह निर्माण गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल छोटो समयमा तोकिएकै समय सीमाभित्र कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गरिएको बताउनुभयो । ६ करोड ६० लाख रुपियाँको लागतमा निर्माण गरिएको उक्त भण्डारण गृहमा तत्कालका लागि कोरोनाविरुद्धको खोप भण्डारण गरिने भए पनि पछि अन्य खोप पनि भण्डारण गर्न सकिने प्याकुरेलले बताउनुभयो ।

विभागले बाराको पथलैयामा, प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुरधामस्थित मुजेलिया, वागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा केन्द्रीय खोप भण्डारण गृह निर्माण गरिएको जनाएको छ । २ नम्बर प्रदेशको धनुषा, वागमती प्रदेशको हैटौंडा र लुम्बनी प्रदेशको रूपन्देहीको बाहेक बाँकी प्रदेश र केन्द्रको भण्डारण गृह सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको पनि विभागले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले आधुनिक र प्रविधिको प्रयोगमार्फत भण्डारण गृह निर्माण गरिएको बताउनुभयो । तयार भएको भण्डारण गृहमा बाहिरी फ्रेमका रूपमा तीनवटा कम्पार्टमेन्ट निर्माण गरिएको छ । जसमा बाहिरबाट खरिद गरी ल्याइएको ‘वाचिङ कुलर’ राखिन्छ । ‘वाचिङकुलर’ मै खोप भण्डारण गरिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित प्रदेशहरूका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राख्ने तथा बाँकी खोप केन्द्रीय भण्डारण गृहमा राख्ने योजना बनाएको छ । ठूलो मात्रामा एकैपटक खोप खरिद गरेर ल्याउँदा व्यवस्थापन गर्न कठिन हुने भएपछि सरकारले केन्द्रसहित सातवटै प्रदेशमा खोप भण्डारण गृह निर्माण गर्ने निर्णय गरेको थियो । खोप भण्डारण गृह निर्माण भएसँगै अब सातवटै प्रदेशमा खोप व्यवस्थापन गर्न सहज हुने भएको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL