पोखरा ८ साउन । काम गर्ने भिषामा अमेरिका पठाउछु भनी ठगी गर्ने पोखराबाट ३ जना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रिय अनुसंधान ब्युरोले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ ।
उनीहरु विरुद्ध ठगी मुद्दामा १० दिन म्याद थप गरेर अनुसंधान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।
कपिलबस्तु घर भएका पोखरा महानगरपालिका १८ भकुण्डे बस्ने बिनोद भुजेल, पोखरा २ मिरुवाका पुकार गुरुङ र पोखरा १२ रानीपौवाका प्रकाश गुरुङलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
पक्राउ पछी बिनोद भुजेलले अमेरीकामा थुनामा रहेका व्यक्तिलाई छुटाउने भन्दै ठगि गरेको पाइएको छ । उक्त समयमा जिल्ला प्रहरी कार्यालय दाङले ठगि मुद्धामा पक्राउ गरेको थियो ।
पक्राउ परेको ३ जनाले नै अमेरिकन एम्बेसीको नक्कली कागजात बनाएर । पिडितलाई ठगेको पाइएको स्रोतको दावी छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-