एजेन्सी । चीनले तीव्र गतिमा गुड्ने रेल बनाएको छ। यो रेल प्रतिघण्टा ६ सय किलोमिटर गुड्ने जनाइएको छ।
यो रेलको प्रारम्भीक भर्सन मंगलबार चिनियाँ शहर छिङताओमा सार्वजनिक गरिएको छ। यो म्यागलेभ ट्रेन सरकारी स्वामित्वको रेलेव रोलिङ कोअपरेसनले बनाएको हो। यो रेल तत्काल व्यवसायिक प्रयोगमा भने आउने छैन। प्रयोग ल्याउन अझै पाँचदेखि १० वर्षसम्म लाग्ने जनाइएको छ।
यो रेल सेवा शुरु भएपछि चीनको राजधानी बेइजिङदेखि सांघाइ पुग्न साढे २ घण्टा लाग्नेछ। अहिले भने जहाजमै तीन घण्टा लाग्ने गरेको छ। त्यस्तै, हाइस्पिड रेलमा साढे ५ घण्टा लाग्ने गरेको छ। यो रेल सञ्चालनका लागि ट्याक बनाउन अध्ययन भइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

























प्रतिक्रिया लेख्नुहोस्:-