गोरखा / गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित खोलामा आज बिहान ३:३० बजे आएको बाढीले ४ घर र एउटा पैदल पुलमा क्षति पुर्याएको छ।
बाढीले स्थानीय नगु छिरिङ, वर्गीन लामा, लाक्पाभुटी लामा र दोर्जे घ्याल्जेनका कच्ची घर भत्किएका छन्। त्यस्तै, नार्बु हुँदै ल्हो जाने पैदल तथा घोडा हिँड्ने फलामे पुलसमेत बगाएको छ।
बाढीले दुईवटा लघु जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ। लार्के प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको र मानवीय क्षति नभएको गोरखा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
































प्रतिक्रिया लेख्नुहोस्:-