पोखरा /
प्रधानमन्त्री बालेन्द्र शाह पितृ कर्मका लागि मुस्ताङ जाने भएका छन । स्थल मार्ग हुँदै उनी मुस्ताङका लागि हिडि सकेका छन् ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री शाहले तनहुँमा खाना खाने तालिका रहेको छ। पोखरामा भने उनको कुनै बस्ने तालिका छैन । तर केही प्रतिकुल भएमा उनी नेपाली सेनाको फुलबारी वा विजयपुर ब्यारेकमा रोकिने सम्भावना रहेको छ । छन भने
हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ । मुस्ताङ जाने र फर्केने क्रममा बाटो बिग्रेको वा केही समस्या परे मात्रै हेलिकप्टर प्रयाेग गरिने छ ।
” प्रधानमन्त्री ज्यु काठमाडौ बाट गाडिमा हिडिसक्नु भयो पोखरामा केही तालिका छैन । भोलि मुक्तिनाथ पुगेर पितृ कर्म गरेर फर्कनु हुनेछ ।” स्रोतले भने ।
पारिवारिक कामले उनी मुस्ताङ हिडेका हुन । तर कुनै कुरा खुलाइएको छैन । प्रधानमन्त्री भएपछी उनी गण्डकी प्रदेशमा पहिलो पटक आउदैछन ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
































प्रतिक्रिया लेख्नुहोस्:-