पोखरा, साउन १८ — विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीले आफ्नो १४औँ साधारण सभा तथा ५औँ अधिवेशनको अवसरमा “रक्तदान जीवनदान, महादान” भन्ने मूल नारालाई आत्मसात गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको छ।

पोखरा महानगरपालिका–१५, अलकापुरस्थित समाज घरमा आयोजित कार्यक्रम केन्द्रीय सदस्य पद्मा लामगादेको संयोजकत्वमा बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा ३१ युनिट रगत संकलन भएको समाजले जनाएको छ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रनबहादुर रामदामले गरेका थिए भने प्रमुख अतिथि वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ थिए।
समाजको अधिवेशनको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिए पनि पहिलोपटक सञ्चालन गरिएको रक्तदान कार्यक्रमले विशेष आकर्षण पाएको थियो। वर्षायाममा दुर्घटनाका घटना बढ्ने र रगतको अभाव हुने अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको यो कार्यक्रम समाजको महत्वपूर्ण सामाजिक उत्तरदायित्वको उदाहरण बनेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको औपचारिक सञ्चालन समाजका महासचिव लालसिंह घतानेले गरेका थिए। समाजका सचिव शरणसिंह विश्वकर्माका अनुसार पाँच घण्टाको अवधिमा संकलित ३१ युनिट रगत नेपाल रेडक्रस सोसाइटी, पोखरा रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको छ।































प्रतिक्रिया लेख्नुहोस्:-