पर्सा । वीरगंज महानगरपालिका-३ प्रगतिनगर टोलस्थित श्रृष्टी किराना जेनरल स्टोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ५१ हजार ८ सय ६० ट्याब्लेट सहित स्टोरका संचालक सोही महानगरपालिका-१ बस्ने ३८ वर्षीय राजाराम महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा अवैध लागूऔषध खरिद विक्री तथा अनाधिकृत रूपमा भण्डारण समेत भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छप्कैया र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेक्वा चिनीमिल पर्साबाट खटिएको संयुक्त टोलीले स्टोर तलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी राजारामलाई पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-