नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको कारबाही अघि बढाउन सर्वोच्च अदालत प्रशासनले दुई पानाको प्रतिवेदन पेस गरेको पाइएको छ।सोही प्रतिवेदनका आधारमा घिमिरेविरूद्ध मुद्दा अघि बढिसकेको छ।
उक्त मुद्दा सोमबार नै दर्ता भए पनि मंगलबार मात्र रूजु भई नियमित पेसीको प्रक्रियामा चढेको छ। सर्वोच्च प्रशासनका अनुसार, पेसी व्यवस्थापनका लागि अपनाइएको स्वचालित प्रणालीअनुसार मुद्दाको पहिलो पेसी कात्तिक १ गते तोकिएको छ।




























प्रतिक्रिया लेख्नुहोस्:-