झापा- दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले दुई वटा भारतीय ट्रकमा आगजनी गरेका छन्।
आईतवार राति ११ बजेतिर बजे पूर्व-पश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको ट्रकमा प्रसाईकाआगजनी गरेका हुन्।
प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०/१२ जनाले ट्रकमा आगजनी गरी फरार भएका थिए।
प्रसाईं पक्राउ परेको विरोधमा उनका समर्थकहरूले आज झापामा चक्काजाम आह्वान गरेका छन्।
आइतबार प्रहरीले झापामा दुईजना समर्थकलाई पक्राउ गरेको थियो।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-