२०८३ कार्तिक ८, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोउवासंघ लाई राम्रो बनाउन टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौं : अर्जुन पोखरेल

गण्डकी प्रेस
भदौ २२, २०८१ १८:५१ मा प्रकाशित
अर्थ, समाचार, समाज
पोउवासंघ लाई राम्रो बनाउन टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौं : अर्जुन पोखरेल
17
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् ।

अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिले शनिबार पोखरामा उम्मेदवार परिचयात्मक कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उमेदवार अर्जुन पोखरेलले हारबाट विचलित नभई आफ्नो प्रतिवद्धताहरु पुनः लिएर व्यवसायी माँझ आएको बताए ।

‘मलाई स्मरण छ, ३४ औं महाधिवेशनबाट निर्वाचन परिणाम घोषणा हुँदै गर्दा मैले यही फोरमबाट भनेको थिए’, उमेदवार पोखरेलले भने, ‘म हारबाट बिचलित हुँदिन, पुनः एकचोटी आफ्नो अनुभवलाई संघमा नेतृत्व गर्छु भन्ने प्रतिवद्धता लिएको थिए त्यसै अनुरुप आज तपाईहरु समक्ष उभिएको छु ।’
उनले संघलाई राम्रो बनाउन टीम चाहिने भएकाले त्यो टिम आफुहरुले लिएर आएको समेत बताए ।‘हिजो ३४ औं महाधिवेशनमा प्रतिस्पर्धामा रहेका साथीहरु म सँगै लामो समय सहकार्य गरेका साथीहरु थिए’, उनले भने, ‘विगतको हारको अनुभवलाई हेर्दै गर्दा निर्वाचनमा विजयी हुन र संघलाई राम्रो टीम चाहिने भएकाले वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई लिएर निर्वाचनमा होमिएको छु, आशा छ सबै व्यवसायीहरुले हाम्रो टीमलाई विश्वास गर्नुहुनेछ ।’
उनले पोखरा उद्योग वाणिज्य संघ र स्थानीय सरकार पोखरा महानगरपालिकाबीच सहकार्य र समन्वय नहुँदा त्यसको असर व्यवसायीहरुले भोग्न परेको समेत बताए ।

‘हिजोका दिनमा पोखरा उद्योग वाणिज्य संघ पोखराको विकासका निम्ति छलफलको थलो बनेको थियो, तर अहिले तीनै तहको सरकारसँग सहकार्य र समन्वय हुन सकेको छैन’, उनले भने, ‘सरकारसँगको सहकार्य र समन्वय नहुँदा पोखराको विकाससँगै व्यवसायीहरु धरापमा परेका छन्, त्यसैले थलिएको पर्यटन र व्यवसायलाई माथि उठाउन हामी टिमसहित आएका छौं ।’
भदौं २८ र २९ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिवद्धतापत्रसहित व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । अर्जुन पोखरेल प्यानलबाट उत्तममान बुद्धाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उद्योग उपाध्यक्ष), बलराम आचार्य (उपाध्यक्ष वाणिज्य), शोभा गौतम (महासचिव), मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष पदमा निर्विरोध भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य) मा निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचन समितिले निर्विरोध घोषणा गर्न बाँकी छ ।
अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका पदाधिकारीहरुले व्यवसायीहरुको समस्या समाधान र सुस्ताउँदै जान थालेको पर्यटन र व्यवसायलाई चलायन बनाउन आफुहरु लागि पर्ने बताउँदै एकल रुपमा नभएर टीमबाट नै समस्याको समाधान हुने भएकाले प्यानलबाट १६ बुँदे प्रतिवद्धता पत्र लिएर आएको बताएका छन् ।
अर्जुन पोखरेल प्यानलबाट अध्यक्षमा अर्जुन पोखरेल, उपमहासचिवमा बालकृष्ण कोइराला रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी (माधव), दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, प्रेम प्रसाद सुवेदी, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापाको उम्मेदवारी छ ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

पर्वत जिल्लाका ७ स्थानीय तह र ६१ वडाको निर्वाचन परिणाम यस्तो छ