काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाललाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ ।
ठगी र संगठित अपराधमा अनुसन्धान गर्न अदालतले ७ दिनको अनुमति दिएको हो । लामो समयदेखि फरार रहेका झालाई गत शुक्रबार कञ्चनपुरबाट नेपाल प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएको थियो ।





























प्रतिक्रिया लेख्नुहोस्:-