२०८३ असार २२, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ललिता निवासको जग्गा प्रकरणको फैसला : महत्त्वपूर्ण उपलब्धि तर आशङ्का कायमै

गण्डकी प्रेस
फाल्गुन ५, २०८० ०८:५३ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
ललिता निवासको जग्गा प्रकरणको फैसला : महत्त्वपूर्ण उपलब्धि तर आशङ्का कायमै
14
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डाै – बहुचर्चित ललिता निवासको जग्गा सरकारकै नाममा फिर्ता गर्दै यस प्रकरणमा संलग्न कर्मचारी र व्यापारीलाई सजाय गर्ने विशेष अदालतको फैसला यतिबेला सर्वाधिक चर्चामा छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दा चार वर्षपछि फैसला भएको हो । यो मुद्दामा बहस र चर्चा हुनुभन्दा पहिलेदेखि नै बालुवाटारको जग्गा हिनामिनाबारेको प्रमाण खोज्ने र उजुरी गर्ने काम कानुन व्यवसायी युवराज कोइरालाले गरेका थिए ।

ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिएको भन्दै उहाँले भूमिसुधार, मालपोत कार्यालय, अख्तियार, राजनीतिक दलको नेतृत्वदेखि गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत विभिन्न सरकारी अड्डामा दर्जनौँ उजुरी गरे । अनि अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक प्रमाण पनि जुटाइदिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राईलाई पटक–पटक भेटेर हिनामिना भएको जग्गा छानबिन गर्न दबाब दिए ।

सबुत प्रमाण जुटाउनेदेखि अड्डा अदालत पुग्नका लागि आफूले निक्कै कष्ट र यातना भोग्नुपरेको अधिवक्ता कोइराला सम्झन्छन् । आफूमाथि ज्यानै लिनेसम्मका धम्की आएको उनको भनाइ छ । हिनामिना भएको राष्ट्रिय सम्पत्तिको जगेर्ना र कानुन कार्यान्वयन हुनुपर्छ भन्ने उद्देश्यले आफू यसमा लागिपरेको अधिवक्ता कोइराला बताए ।

ललिता निवास राणाकालमा भीमशमशेरले विभिन्न व्यक्तिबाट खरिद गरेको जग्गामा बनाएको दरबार हो । भीमशमशेरले किनेको जग्गा हिरण्यशमशेर अर्थात् भीमशमशेरका छोरा, नाति सुवर्णशमशेर हुँदै पुर्ख्याैली रूपमा हस्तान्तरण हुँदै आयो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट सुवर्णशमशेर लगायतका नेताको सर्वस्वहरण भयो ।

२०२२ सालमा सरकारले जग्गा अधिग्रहण गरेको सूचना गोरखापत्रमा सार्वजनिक भयो । अनि २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारको पालामा राजनीतिक कारणबाट जफत तथा हरण भएको जग्गाको मुआब्जा वा जग्गा फिर्ता दिने निर्णय भयो । त्यहीबेला भू–माफिया सक्रिय भए । राणा परिवारका नातेदार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र भूमाफियाबीच सम्पर्क भएर निवेदन दर्ता भएको देखिन्छ । अनि यो जग्गालाई सरकारी कर्मचारी, प्रशासक, राजनीतिक नेतृत्व, बिचौलिया मिलेर व्यक्तिको नाममा दर्ता गराउने काम भयो । २०४९ सालमा १ सय १२ रोपनी ४ आना १ पैसा जग्गा व्यक्तिको नाम दर्ता गरिएको थियो ।

भूमाफियाको आँखामा परेको बालुवाटार जग्गा हडप्नेको जालो निरन्तर बढ्यो । अनि अधिवक्ता युवराज कोइरालालगायतको उजुरीका आधारमा सरकारले २०७५ सालमा छानबिन थाल्यो । त्यसका लागि ०७५ असार १५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गर्यो । त्यसबेलाका गृहसचिव प्रेमकुमार राईको समेत सक्रियतामा छानबिन समितिले ७ महिना लगाएर बनाएको प्रतिवेदनमा ललिता निवासको जग्गा हिनामिना भएको उल्लेख गर्यो ।

प्रतिवेदनकै आधारमा २०४९ देखि २०६९ अर्थात् २० वर्षमा गुठी संस्थान, मालपोत, नापी, भूमिसुधार विभाग र मन्त्रालयबाट गैरकानुनी निर्णय गराएर ललिता निवास परिसरको १ सय ३६ रोपनीभन्दा धेरै जग्गा हिनामिना गरेको कसुरमा अख्तियारले २०७६ साल माघमा १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिबाना तथा ६५ जनाविरुद्ध जग्गा जफत गर्नुपर्ने गरी प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले नेता, कर्मचारी र सरकारी जग्गा हडप्ने एक सय ७५ जना व्यक्तिविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा अस्ति बिहीवार विशेष अदालतले फैसला सुनाएको हो ।

समितिले गरेको छानबिन र सिफारिसअनुसार नै विशेष अदालतबाट फैसला आएको छ त ? छानबिन समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रिताल फैसला सन्तोषजनक रहेको बताउनुहुन्छ । त्रितालले फैसलालाई दुई कोणबाट हेरेको पनि बताए । उनका अनुसार जग्गा सरकारकै हुनुपर्ने समितिको सिफारिस थियो, त्यसैअनुसारको निर्णय स्वागतयोग्य छ । ‘पर्नुपर्ने कर्मचारी पनि सजायका भागिदार भएका छन्’ उहाँले भन्नुभयो, ‘तर पूर्वमन्त्रीले सफाइ पाएकामा अहिले भैरहेको टीकाटिप्पणी पनि ठिकै मान्न सकिन्छ ।’ अदालतले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।

विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र भौतिक योजना सचिव दीप बस्न्यातको निर्णयका आधारमा सरकारको समरजङ्ग कम्पनीका नाममा रहेको जग्गा व्यक्तिका नाममा पुगेको ठहर गरेको छ । पन्त खिलराज रेग्मी नेतृत्वको सरकारमा भौतिक योजना मन्त्री समेत बनेका थिए । त्यस्तै, बस्न्यात अवकाशपछि अख्तियारको प्रमुख आयुक्त बनेका थिए ।

अख्तियारकै पूर्वप्रमुख भ्रष्टाचारमा दोषी ठहर भएको यो पहिलो घटना हो । यस्तै, जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिनाको मुख्य मतियारका रुपमा कैद र जरिबाना तोकिएको छ । यसअनुसार पन्त, बस्न्यात, गुरुङ, सुवेदी र ढकाललगायतलाई जनही २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिबाना तोकिएको छ । तर तत्कालीन मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ तथा पूर्वसचिव दिनेशहरि अधिकारीले कसुरबाट सफाइ पाएका छन् । पूर्वअर्थमन्त्री विष्णु पौडेलका छोरा र भाटभटेनीका मालिक गुरुङका कानुनी सल्लाहकार कुमार रेग्मीले जग्गा फिर्ता गरेको कारण शुरुमै मुद्दा चलाइएन । त्यस्तै, नीतिगत निर्णय भनेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि यो प्रकरणमा यसअघि नै उन्मुक्ति पाएका थिए । अख्तियारले उनीहरुसँग सामान्य सोधपुछ मात्रै गरेको थियो ।

यसैकारण यो फैसलाबाट नीतिगत निर्णय गर्ने नेताहरुले उन्मुक्ति पाउने तर फाइल सदर गर्ने कर्मचारीले सजाय भोग्नुपर्ने देखिएको टीकाटिप्पणी भइरहेको छ । फैसलापछि भैरहेको टीकाटिप्पणी तथा राजनीतिक र कानुनी पाटोबारे कानुनविद् प्रा.डा युवराज संग्रौलाले न्यायिक दृष्टिकोणबाट हेर्दा बेच्नेलाई सफाइ र किन्नेलाई सजाय न्यायसंगत नभएको बताए । उनले भने, ‘अहिले भष्ट्राचारमा जुन दण्डहीनता छ यसबाट भैरहेको दण्डउन्मुक्तिलाई थप बढावा दिन्छ ।’

बालुवाटार प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको सरकारी निवास हो । त्यहीँ जोडिएको छ, ललिता निवास परिसरको जग्गा । तर सरकारी जग्गा व्यक्तिको नाममा पुग्दा समेत लामो समय कसैको ध्यान पुग्न सकेन । राज्य र नेतृत्वकर्ता बेखबर जस्तै बने । पछिल्लो फैसलाबाट गलत कामलाई धेरै समय लुकाउन र छोप्न सकिँदैन भन्ने सिद्ध भएको छ । तर यही ललिता निवास जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाण्डाै जिल्ला अदालतमा पनि विचाराधीन छ ।

त्यस्तै, कर्मचारी र व्यापारीलाई दोषी ठहर गर्दै नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई सफाइ दिएपछि यो मुद्दा अब टुङि्गएको हो कि होइन भन्ने प्रश्न बाँकी नै छ । कानुनविद् प्रा.डा युवराज सङ्ग्रौला सरकारी वकिलले यो मुद्दाको पुनरावलोकन सर्वोच्च अदालतमा गर्न सक्ने अवस्था रहेको बताए । ‘त्यहाँ सरकारको हस्तक्षेप महान्याधिवक्ता कार्यालयमा हुन्छ या हुँदैन भन्ने विषय महत्त्वपूर्ण हो । सरकारको हस्तक्षेप भएन भने महान्याधिवक्ता कार्यालयले सही ढङ्गबाट लैजान सक्ला’ उनले भने ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक