पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् ।
महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । कावासेतीले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–११ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो सेमीफाइनल खेलमा माछापुच्छे्रले बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । माछापुच्छ्रेले २५–११, २५–८ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
पुरुषतर्फको खेलमा माछापुच्छे्रले बागलुङलाई २–० को सोझो सेटमा पाखा लगायो । माछापुच्छे्रले २५–१४ र २५ १९ को सेटमा हरायो । दोस्रो खेलमा राम बजारले लामा अमृत फाउन्डेसनलाई सोझो सेटमा हरायो । राम बजारले २५–१९ र २५–२० को जित निकाल्यो । तेस्रो खेलमा समिर सुनचाँदीले सिक्लेसलाई सोझो सेटमै पाखा लगायो । समिर सुचचाँदीले २५–७ र २५–११ को सेटमा हरायो । चौथे खेलमा आयोजक पुन समाजले कालिका पब्लिक क्याम्पसलाई पनि सोझो सेटमै हरायो । आयोजकले २५–२० र २५–२३ को जित निकालेको हो ।
पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा जारी प्रतियोगिताको क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।
समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-