पोखरा ६ लेकसाईड हल्लनचोक एरियामा पर्यकटहरुलाई दुस्ख हैरानी दिने, बाटो छेक्ने, निजहरुको व्याग तान्ने, होटल मिलाई दिन्छौ भनी पैसाको बार्गेनिङ ६ जनालाइ कास्की प्रहरीले पक्राउ गरेकाे छ ।
पोखरा ६ लेकसाईड बस्ने सुदिप अर्याल, संदिप गिरी, सुमन शर्मा, नेत्र बहादुर प्रधान, सुशिल महतो र राजन पौडेल पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएपी श्रवण विकले जानकारी दिए ।
सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्यहरु भई रहेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालयकास्कीबाट खटिएका प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा म्याद थप गरिएकाे छ । अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-