पोखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिमखडाले प्रइभेट अस्पताल विच समन्वय भएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले एशोसिएसन अफ प्राईभेट हेल्थ इन्स्टिच्यूट अफ नेपाल (अफिन) गण्डकी प्रदेशको ५ औँ साधरण सभालाइ सम्बोधन गर्दै गण्डकी प्रदेशमा कोहीपनि पैसा नभएर उपचार नपाउने समस्या हुन नहुने बताइन ।
उनले उपचारको अभावले कसैको ज्यान जान नदिन सबै निकाए एकजुट हुनुपर्ने बताइन् । सिमखडाले अफिम र सरकार मिलेर अघि बढ्नपर्ने धारणा राखिन् ।
अफिन गण्डकी प्रदेश अध्यक्ष गिरधारी शर्माले हस्पिटल देखिएका समस्या समाधान गर्नुपर्ने बताए । अस्पताल अप्रिय घटना हुँदा समाधान गर्ने काम अफिनले गरेको जानकारी दिए ।

अफिन गण्डकी उपाध्यक्ष कपिल पोख्रेल, सल्लाहकारको तर्फबाट डाक्टर बुद्विबहादुर थापा, अफिन केन्द्रिय अध्यक्ष पदम बहादुर खड्का, सम्मानितको तर्फबाट सोमतसिंह तुलाचन लगायतले कार्यक्रममा बोलेका थिए ।

अफिन गण्डकीले उक्त अवसरमा लामो समय सम्म स्वास्थ्य क्षेत्रमा काम गर्नेलाइ सम्मान गरेको छ । चिकित्सकको तर्फबाट सोमत सिंह तुलाचन, नर्सको तर्फबाट भगवती केसी, ल्याबको तर्फबाट चेत बहादुर गुरुङ, रेडियोलोजिबाट उदयकान्त तिवारी र फार्मेसीको तर्फबाट खडानन्द शर्मा सम्मानित भएका छन् ।
२०५५ सालमा अफिन स्थापना भएको हो ।





























प्रतिक्रिया लेख्नुहोस्:-