पोखरा, माघ ५
पोखरामा स्कुल बसले ठक्कर दिदा सोहि स्कुलमा अध्ययनरत विद्यार्थीको विहीबार मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले पोखरा–२४ काउलेमा विहीबार दिउँसो २ः४५ बजे ठक्कर दिदा सोहि विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत ३ वर्षिय समिर कार्कीको मृत्यू भएको हो ।
बसबाट झरेर घर जान लागेका उनलाई सोहि बसले ठक्कर दिदा गम्भीर घाइते भएपछि उद्धार गरेर उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याइएपनि उपचारका क्रममा दिउँसो ४ बजे मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।
मृतक बालक कास्कीकोटका तेजबहादुर कार्कीका छोरा रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको उनले बताए ।





























प्रतिक्रिया लेख्नुहोस्:-