श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको अभियोगमा लमजुङका दोर्दी गाउँपालिका ४ बस्ने बर्ष २६ को कुमार वि.क. लाई प्रहरीले पक्राउ गरेको छ।
मर्स्याङदी गाउँपालिका ७ स्थित ससुराली घरमा निज कुमार वि.कले श्रीमती बर्ष २१ की रितु वि.क. को घाटी र टाउँकोमा दाउ प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक मेघनाथ चापागाईले जानकारी बताए ।
कुमार विकलाई २१ गते बिहानको समयमा जिल्ला लमजुङ मर्स्याङदी गाउँपालिका ३ मा लुकिछिपि हिडेको अवस्थामा प्रहरीले फेलापारी पक्राउ गरिएको हाे । विकमाथी जिल्ला अदालत लमजुङबाट ज्यान मार्ने उद्योग मुद्दामा पहिलो पटक दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको चापागाइले जानकारी दिए ।





























प्रतिक्रिया लेख्नुहोस्:-