पाेखरा । समाजिक तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा अहिलेको खानपिन र जिवनशैलीको कारण क्यान्सरका बिरामी बढ्दै गएको बताएकी छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३३ औं केन्द्रीय सभालाइ सम्बोधन गर्दै उनले नेपालीले खानपानमा ध्यान दिए रोगहरु निवारण हुँदै जाने धारणा राखिन ।
प्रदेश सरकारले क्यान्सर बिरामीलाई १ लाख सम्म दिने, क्यान्सर विरुद्धको खोपको लागि मन्त्रालयले ५ करोड बिनियोजन गरेको जानकारी दिइन् । नेपाल अर्बुद रोग निवारण संस्थाले विभिन्न प्रकारका अनुसंधान गरेर क्यान्सरका बिरामी घटाउन सहयोग गरेको बताईन् ।
नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले अखाद्य वस्तु सेवन तथा प्रयोगबाट धेरैलाई क्यानसर देखिएको धारणा राखे । महिलाको पाठेघर क्यान्सर धेरै भएको र यस्लाई घटाउन सरकारले विभिन्न कार्यक्रम ल्याउन आग्रह गरे । क्यान्सर घटाउन राज्यको पक्षबाट पहल हुनुपर्ने धारण राखे ।
नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव दिपेन्द्र बान्तवा, नेपाल बिकास अनुसंधान परिषद कुमार गुरुङ, नेपाल अर्बुद रोग निवारण संघ पुर्व अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठ लगमयतले कार्यक्रममा भनाइ राखेका थिए ।नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर निवाकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-