प्रवासी श्रमिक र उनीहरूका परिवारलाई मदत गर्ने उद्देश्यले आप्रवासनसम्बन्धी सूचनाको एकीकृत वेबसाइट र प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री सार्वजनिक गरिएको छ। सो सामग्री पोखरामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
वैदेशिक रोजगारीका प्रक्रिया र गन्तव्य मुलुकका विषयमा जानकारी नहुने तर रोजगारीका लागि जान चाहनेलाई उपयुक्त सिप सिकाउने संस्थाहरूको अभाव लगायतका चुनौती प्रवासी श्रमिकहरूले भोग्दै आएका छन्।
यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित वित्तीय साक्षरता, विप्रेषणको सदुपयोग, कल्याणकारी व्यवस्था, गन्तव्य मुलुकमा स्वास्थ्य सम्बन्धी सुविधा र त्यहाँको हावापानी, संस्कृति, खानपान लगायतका विषयहरूमा प्रवास जानेहरू अनभिज्ञ रहेको हुँदा ती विषयमा सुसूचित गर्ने प्रयास स्वरूप वेबसाइट र तालिम सामग्री प्रस्तुत गरिएको जनाइएको छ।
सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था, ट्रेड युनियन र सञ्चार माध्यमले यस्ता विषयमा जानकारी दिने प्रयास गरे पनि उल्लिखित सबै जानकारी एकै स्थानमा उपलब्ध नहुने समस्यालाई मध्यनजर गरेर ‘परदेशी डट ओआरजी डट एनपी’ वेबसाइट सुरु गरिएको बताइएको छ।
यो वेबसाइटका कारण सबै संस्थाहरूले उत्पादन गरेका जानकारीमूलक विषयहरू एउटै माध्यममा उपलब्ध हुने भएको छ। साथै प्रविधिमा आधारित ज्ञानको अभावका कारण प्रविधिको सही प्रयोग गर्न नसक्दा पनि प्रवासी श्रमिकहरू ठगीमा पर्ने गरेको स्थितिलाई सम्बोधन गर्ने विश्वास राखिएको छ।
लण्डनकाे राेयल हालाेवय विश्वव विधालय जी हरीले उनले भविष्यमा नेपाल आर्थिक दृष्टिले समृद्ध भए स्वदेशमै रोजगारी उत्पादन गर्न सकिने बताउँदै उनले अहिले भने सरकारले नेपालमै रोजगारी दिन सक्ने अवस्था नरहेको बताए।





























प्रतिक्रिया लेख्नुहोस्:-