सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिमखडा सेकेन्ड सेकेन्डमा अस्पतालमा चुनैती रहेको बताएकाे छिन् । उनले प्रदेश स्तरीय न्यूनतम सेवा मापदण्ड समीक्षा कार्यक्रमकाे उद्घाटन समाराेहलाइ सम्बाेधन गर्दै सबै चुनैती समाधान गर्दै अघि बढ्नुपर्ने बताइन् ।
स्वास्थ्य क्षेत्रमा अहिलेसम्म गरेको काम र अब गर्नुपर्ने उनले धारणाा राखिन । अस्पतालकाे विकल्पमा आयुर्वेद रहेकाे जानकारी दिदै अहिले भन्दा राम्रकाे काम गर्दै जाने जानकारी दिइन ।
स्वास्थ्य क्षेत्रमा काम गर्न धेरै गाह्रो भएको अबस्था सबैले आफ्नाे जिम्मेवारी पुरा गर्नुपर्ने धारणा राखिन् । स्वास्थ्य क्षेत्रमा आफुले उत्कृष्ट काम गर्ने उनले बताइन ।
गण्डकी प्रदेश सरकार योजना आयोग सदस्य डाक्टर सुबास अधिकारीले स्वास्थ्यमा अन्य क्षेत्र भन्दा आयुर्वेद क्षेत्र पछि परेको गुनासाे गरे । समिक्षाबाट आएको निस्कर्ष लागू गर्नुपर्ने अधिकारीले जानकारी दिए ।
अर्थ मन्त्रालय सचिव बलराम रिजाल स्वास्थ्य क्षेत्रमा सुधारको लागि सक्ने सहयोग गर्ने बताए । समाजिक सचिव प्रकाश पौडेल जनसंख्याको आधारमा भिड हुने ठाउँमा अस्पताल खोल्नुपर्ने बताए ।
स्वास्थ्य सचिव बिनोद बिन्दु शर्मा थोरै स्रोत साधन भएर पनि उत्कृष्ट काम गरेको जानकारी दिए । जनशक्ति कम भएको कारण काम गर्न समस्या भएको छ उनले जानकारी दिए ।
बुधबार सम्म चल्ने समिक्षा कार्यक्रममा प्रदेश सरकार गण्डकी अन्तर्गत पर्ने अस्पताल र अन्य सस्थाका प्रतिनिधी रहेका थिए ।





























प्रतिक्रिया लेख्नुहोस्:-