काठमाडौं । कास्की, पोखरा महानगरपालिका-२६ सुन्दरीबजारस्थित सडकमा बीएए ००४१ नम्बरको कारले ग.१३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको आइतबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही महानगरपालिका-२५ हेम्जा बस्ने २३ वर्षीया अनिशा खड्का र सोही महानगरपालिका-५ जिरो बस्ने २४ वर्षीया भावना बराल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी अनिशाको पश्चिम क्षेत्रीय अस्पताल पोखरा र भावनाको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका-५ बुढिखोला पुलस्थित सडकमा को.२६ प ७६३४ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालका-२ बस्ने २५ वर्षीय अजय चौधरीको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-४ पिडरीस्थित सडकमा लु.४ त ५५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विशाल प्रजाको घटनास्थलमै मृत्यु भएको छ ।
धनकुटा, पाख्रीवास नगरपालिका-५ पन्चेभिरस्थित सडकमा प्रदेश १-०२-००३ त १६६३ नम्बरको ट्याक्टर बेक्र फेल भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा चालक तेह्रथुम छथर गाउँपालिका-१ बस्ने २८ वर्षीय दुर्गा बहादुर विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको धरान घोपामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-