२०८३ असार १८, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली

गण्डकी प्रेस
मंसिर २३, २०८० १९:१९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली
11
SHARES
Share on FacebookShare on Twitter

पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा इरिका र उनकी छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा इर्मट्रडले अनुभव साटेकी छन् ।
‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् ।

सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । सोही क्रममा विभिन्न ठाउँमा फोटो खिचेकी थिइन् । उनको सन् २०१० मा मृत्यु भएको थियो ।
तर, आमाको बाटो पछ्याउँदै उनकी छोरी इर्मट्रड हुबाचेक पनि हिमाली फोटोग्राफीमा लागिन् । तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन, रहनसहन उतारेका थिए । विश्वभरका विभिन्न देशका हिमाली क्षेत्रका किसानको तस्वीर खिच्दै हिँडेका उनीहरुले जुन क्षेत्रमा भए पनि हिमाली रहनसहन मिल्दोजुल्दो भेट्टाएको छोरी इर्मट्रडले सुनाइन् ।

‘सबै ठाउँका महिलाहरुको समान जीवनशैली रहेछ । उनीहरु बिहानै घामको झुल्कोसँग उठ्छन् र नअस्ताउञ्जेल खेती किसानी गर्छन्,’ उनले भनिन्, ‘सबै हिमाली भेगमा संयुक्त परिवार हुन्छ । १४, १५ जनासम्म एकै परिवारमा बस्छन् । त्यसले कृषि काममा फाइदा हुन्छ ।’
आफू र आमाले खिचेका तस्वीर कथा सुनाउँदै उनले अगाडि भनिन्, ‘सबै ठाउँका हिमाली महिलाहरुले गर्ने संघर्षमात्रै होइन, उनीहरुले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकैएकै प्रकारको छ ।’

हुबाचेक आमाछोरीले लामो समय लगाएर फरकफरक मितिमा खिचेका फरकफरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्वीर गत पर्यटन दिवसदेखि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएको हो ।

आफूहरुले समयको फरक भन्दा पनि समान जीवनशैली देखाउन खोजेको उनले बताइन् । जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै बिताएकी उनले पछिल्लो समय हिमाली जनजीवन फेरिँदै गएको बताइन् । उनले प्रविधिको उच्च पहुँचसँगै जनजीवन विस्तारै परिवर्तन हुँदै गएको अनुभव सुनाइन् ।

नेपाल पर्वतारोहण संघले बर्सेनि आयोजना गर्दैै आएको पर्वतीय महोत्सव बिहीबारबाट सुरु भएको हो । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् ।
उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।

किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ५ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । आठौं संस्करणको पर्वतीय महोत्सवमा ‘टग अफ वार’ सँगै छेलो, जिपलाइन, आर्चरी पनि समावेश गरिएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव