२०८३ असार १७, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको फैसला हुँदै

गण्डकी प्रेस
कार्तिक २२, २०८० ०८:४२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको फैसला हुँदै
24
SHARES
Share on FacebookShare on Twitter

छुट्ने हल्ला गाउँभर फैलाए, पटाका पड्काएर आलमका समर्थकले खुसियाली मनाउँदै

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ । बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ ।

जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ । आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको छ । बाँकी केही वकिलको बहस बुधबार सकिने र त्यसलगत्तै मुद्दाको फैसला हुने जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताए ।

‘आलमविरुद्धको मुद्दाको मिसिल खोलिएको छ । मुद्दामा सरकारी वकिल पक्षको बहस सकिएको छ । प्रतिवादीको पक्षबाट पनि बहस भएका छन् । केही अधिवक्ताको बहस बाँकी छन् । सम्भवतः बुधबार उनीहरूकोे बहस सकिनेछ,’ उनले भने, ‘त्यसलगत्तै मुद्दाको फैसला होला, बिहीबारसम्ममा फैसला भइसक्ला ।’
सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गरेका थिए । मुद्दामा स्वतन्त्र अधिवक्ता पुष्प पौडेलले पनि बहस गरिरहेका छन् । मुद्दामा उनले बुधबार बहस गर्नेछन् । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको छ । आचरणमा कैफियत देखिएपछि न्यायाधीश बानियाँ यसअघि न्यायपरिषद्बाट तीन वर्ष निलम्बनमा परेका थिए । जिल्ला अदालत काठमाडौंमा छँदा घुस लिएको घटनामा उनी मुछिएका थिए । न्यायपरिषद्ले निलम्बन फुकुवा गरेपछि उनी न्यायाधीशमा पुनर्वहाली भएका थिए ।

न्यायाधीशसँग सेटिङ मिलाएको र जेलमुक्त हुने भन्दै समर्थकले आलमको रौतहट राजपुर नपा– ४ फरहदवास्थित गाउँमा फटका पड्काएर खुसियाली मनाइरहेको मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुबा नारायणसिंह राजपुतले बताए । ‘प्रतिवादी आलम अदालतको फैसलापछि छुट्ने हल्ला उनका समर्थकले गाउँमा फिँजाएका छन् । मलाई पटक–पटक फोन गरेर यो विषय जानकारी गराएका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘न्यायाधीशसँग सेटिङ मिलाएको हल्ला उनीहरूले गाउँभरि फिँजाएका छन् । उनी छुट्ने भन्दै गाउँमा उनका समर्थकले पटका पड्काउन थालेका छन् ।’

रौतहट– २ संविधानसभा निर्वाचन २८ चैत ०६४ का उम्मेदवार थिए मोहम्मद आफ्ताब आलम । चुनाव जसरी पनि जित्नु थियो । त्यसका लागि बुथ कब्जा एक मात्र विकल्प थियो । त्यसैका लागि उनले बम बनाउने कालिगढ भारतस्थित बिहारबाटै ल्याएका थिए । बम बनाउने ठाउँ आफ्ना काका इद्रिसको गाईगोठ रोजिएको थियो ।

स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहभागी भए । जोरजाम गरिएका स्थानीय र बिहारबाट ल्याइएका युवाको सहयोगमा २७ चैत ०६४ को साँझ गोठमा बम बन्दै थियो । त्यही वेला अचानक बम विस्फोट हुन पुग्यो । केही युवा घटनास्थलमै ढले । घाइतेहरू ज्यान बचाउन भाग्न थाले । घटना बाहिरिने डरले आलमका सहयोगीले घाइते खोजी–खोजी समाते । अचेत हुने इन्जेक्सन दिए ।

बोरामा प्याक गरे । एक–एक गर्दै सबैलाई ट्रयाक्टरमा लोड गरे । सशस्त्र प्रहरीको स्कर्टिङ गाडीसँगै ट्रयाक्टरलाई आफ्ताबका भाइ महताबले सञ्चालन गरेको इटाँभट्टा लगियो । बोरामा प्याक घाइतेलाई तातो भट्टीमा हालियो । घाइतेमध्ये केहीका शरीर भट्टीमा छिरेन । उनीहरूलाई बन्चरोले गिँडियो । टुक्रा गरी पुनः भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नस्ट गरियो ।

बम विस्फोटको १२ वर्षपछि रौतहट प्रहरीले घटनालाई नयाँ ढंगले अनुसन्धान गर्‍यो । २६ असोज ०७६ मा आलम पक्राउ परे । जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् । उनका भाइ महताब आलम पनि अहिले पुर्पक्षका लागि रौतहट कारागारमा छन् । तर, उनको आतंक अझै जारी छ । उनीविरुद्ध घटनामा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायणको कानुनी लडाइँ अझै पनि जारी छ । अर्का मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले भने आलमविरुद्धको बयान फेरेकी छिन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव