स्वास्थ निर्देशनालयले गण्डकी प्रदेश सरकार अन्तगत वार्षिक समिक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै समाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिमखडाले अहिले सबैभन्दा बढि समस्या जनशक्तिको व्यवस्थापनमा देखिएको बताएकी छन् ।
कम जनशक्ति व्यवस्थापन गर्न चुनैती रहेको जानकारी दिदै बिस्तारै समस्या समाधान हुने बताईन् । अहिले भएको जनशक्तिलाई प्रयाेग गरेर सकेसम्म बढि फाईदा लिनुपर्ने बताईन् ।
अभाव हुँदा भएको जनशक्तिलाई काम नभएको ठाउँमा राख्न नहुने भन्दै समस्या हेरेर जनशक्ति व्यवस्थापनमा ध्यान दिने बताईन । पैसाको अभावले उपचार राेक्न नहुने भन्दै सबै जनतालाई सेवा दिनुपर्ने धारणा राखिन ।
गण्डकी प्रदेश सरकार प्रमुख सचिव लक्ष्मी कुमार बस्नेत सापु अन्य प्रदेशमा देखिदैन गण्डकीमा मात्र भएको यस्मा ध्यान दिनुपर्ने बताईन् । यस्का लागि छुट्टै याेजना बनाउनुपर्ने उनकाे धारणा छ ।
सरुवा राेग राेक्न जनचेतनाका कार्यक्रम गर्नुपर्ने बताईन् । सामाजिक बिकास मन्त्रालय सचिव बिनाेद बिन्दु शर्मा आवस्यकताकाे आधार काम गर्नुपर्ने बताए । उक्त बैठक २ दिन सम्म चल्ने छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-