जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ०२ सुन्तलीटार स्थित जिप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ०२ सुन्तलीटार स्थित चालक जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ०२ बस्ने बर्ष ३६ को मंग प्रसाद सेढाईले चलाएको ग १ ज ७२७२ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा चालक मंग प्रसाद सेढाईको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएकाे छ ।
मृतक शवको लमजुङ जिल्ला अस्पतालमा पोष्टमार्टम पश्चात दाह संस्कारको लागि आफन्तको जिम्मा लगाईएको छ भने दुर्घटना भएको जिपमा चालक एक्लै सवार रहेका थिए । अघिल्लो दिन सोमबार राती तनहुँको भानु स्थित रिर्जवमा गई फर्किने क्रममा घर नजिकै आईपुग्दाजिप दुर्घटना भएको हो ।





























प्रतिक्रिया लेख्नुहोस्:-